कोभिड संक्रमित विरामी पौडेलको उपचारका लागि आर्थिक सहयोग प्रदान, थप सहयोग गर्न परिवारको अपिल
धनकुटा । धनकुटा नगरपालिका १ कुवापानी निवासी कोभिड संक्रमित ३७ वर्षकी विरामी रेखा पौडेलको उपचारको लागि १ लाख वढी आर्थिक सहयोग रकम प्रदान गरिएको छ ।
हिले माद्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुको अगुवाईमा संकलित १ लाख ११ हजार ८ सय ४५ रुपयाँ रकम रेखाकी श्रीमान यज्ञ वहादुर पौडेललाई हस्तान्तरण गरिएको छ । हिले मावि, हिले क्याम्पस, मदरल्याण्ड वोर्डिङ स्कूल हिले, मनकामना वोर्डिङ स्कूल हिले,निलगिरी डनबक्सको स्कूल हिले सहित पाख्रीवास बजार, छथरजोरपाटी र हिले बजारका शिक्षक, विद्यार्थी एवम् शूभचिन्तकहरु मार्फत प्राप्त सहयोग रकम धनकुटा नगरपालिका १ नं वडा कार्यलयमा वडाध्यक्ष निरेन तामाङ, हिले क्याम्पसका प्रध्यापक तथा सहयोग रकम संकलन सहजकर्ता दीपक घिमिरे,विद्यार्थीहरु प्रणव लिम्बु, प्रज्वलिका तामाङ लगायत विद्यार्थीहरुले यज्ञ बहादुरलाई हस्तान्तरण गरेका हुन् ।
विरामी रेखाको अहिले ह्याम्स अस्पताल विराटनगरमा उपचार भईरहेको उहाँका श्रीमान यज्ञ वहादुरले वताउनु भएको छ । गत भदौ महिनाको शूरुवात देखी नै अस्पतालमा उपचाररत रेखको उपचारमा अहिले सम्म ऋणपान र सरसहयोग माग्दै करिब १२ लाख वढी खर्च भईसकेको यज्ञ वहादुरले वताउनुभयो ।
उहाँले आफुहरुको आर्थिक स्थिती सामान्य रहेकोले श्रीमतीको थप उपचारका लागि सहयोग गरिदिन अन्य महानुभावहरुलाई अपील गर्नुभएको छ । यज्ञ वहादुरका अनुसार उनिहरुको स्थायी घर तह्रथुमको फुलेक हो । उनिहरु विगत २०५५ साल यता कुवापानीमा डेरा गरि बस्दै आएका छन् ।
सहयोग गर्न ईच्छुक महानुभावहरुले एनआईसि एशिया बैंक यज्ञ वहादुरको खाता नं ८८८७०१३१३८६५२४०१ वा नविल बैंक प्रणव लिम्बु को खाता नं ११२१००१७५०१५२२ मा मा सहयोग संकलन गर्न सक्नुहुने जनाईएको छ ।


