रोजगारबाट छथर जोरपाटीका युवाहरु ९९ लाख कमाउँदै

नरसायण कुमार राई/धनकुटा,१३ पुस । यो बर्ष छथर जोरपाटी गाउँपालिकाका १७२ युवाहरुले रोगजार पाउने भएका छन् ।

सरकारको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ६६ जना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५० जना गरी ११६ जना युवाहरुले रोजगार पाउने टुंगो लागिसकेको छ ।

६४५ आवेदक मध्ये छनौट भएको ती युवाहरु १८ वडा योजनाहरुमा कार्यरत छन् । सन्चालित योजना मूल्यांकनको आधारमा ५९ जनाका लागि रोजगार कार्यक्रम थप भएर आउन लागेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम गाउँपालिका संयोजक सुशिला कार्कीले जानकारी दिनुभयो ।

हाल पालिकाका १८ वटा सडकहरुमा सोलिङ र आवश्यकता अनुसार गेभिङको काम गरिरहेका कार्कीले जानकारी दिनुभयो ।

जस मध्ये ५ वटा योजनाहरु सम्पन्न भईसकेका छन् । युवाहरुले दैनिक रु ५७७ हाजिरी पाउनेगरी १०० दिनको रोजगार पाईरहेका छन् ।

चालु योजनाका लागि युवा स्वरोजगार कार्यक्रमका लागि ३८ लाख १३ हजार र प्रधानमन्त्री रोजगारका लागि २९ लाख ५ हजार गरी ६७ लाख १८ हजार बिनियोजन भएको संयोजक कार्कीले जानकारी सदिनु भयो ।

जसबाट रोजगार कार्यक्रमबाट युवाहरुले ६६ लाख ९३ हजार २०० रुपैया पाउनेछन् । यो संगै थप भएर आएको ५६ जनाको रोगगारबाट ३२ लाख ३१ हजार २ सय गरी युवाहरुको कामबाट गाउँमा ९९ लाख २४ हजार २०० नगद भित्रनेछ । गत बर्ष पालिकाका १९१ जना युवाहरुले रोजगार पाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।