पत्रकार महासंघ धनकुटा शाखा स्थापना दिवशको अवसरमा गरियो दिप प्रज्वलन
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखा स्थापना भएको २९ बर्ष पुगेको अवसरमा मंगलबार साँझ दिप प्रज्वलन गरिएको छ ।
शाखा स्थापनाको २९ बर्ष पुगेको र विश्वव्यापाी महामारीको रुपमा फैलिएको कोरोना भाइसर संक्रमण बाट मृत्यू भएका पत्रकारको संम्झनामा दिपप्रज्वलन गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनु भयो ।
दिप प्रज्वलन कार्यक्रमा पत्रकार सहित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिीती रहेको थियो ।
यो पनि ..अल्मुताइरी नेपाल फर्किए
काठमाडौं, १३ पुस/नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् । २८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् ।
साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन् ।
हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन् ।उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय लगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे ।


