टिका लगाएर नेतृत्व चयन गरिनु लोकतान्त्रिक नहुने भएकोले मात्र निर्वाचन भएको हो : सुनिल थापा
धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेस धनकुटाको १४ औं महाधीवेशन सफल पार्न सहयोग गरेकोमा नेपाली कांग्रेसका धनकुटामा रहेका शुभेछुक संगठनहरु लाई धन्यवाद दिएको छ ।
पाटी कार्यलयमा आज एक कार्यक्रमको आयोजना गर्दै कांग्रेसले नेपाली कांग्रेस धनकुटाको १४ औं महाधीवेशन सफल पार्न सहयोग गरेकोमा धन्यवाद दिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस धनकुटामा आवद्ध रहेका शुभेछुक संगठनका प्रमुख तथा प्रतिनिधीहरुले कांग्रेसको १४ औं महाधीवेशन बाट आएको नवनिर्वाचित समिती लाई बधाई दिदै निर्वाचनका क्रममा आन्तरिक प्रतिश्पर्धामा पराजित भएकाहरु लाई समेत समेटेर पाटी नेतृत्व अगाडी बढ्नु पर्ने बताउदै आगामी निर्वाचनमा कांग्रेस झनै बलियो र सशतmहूनु पर्ने सुझाव पनि दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाली कांग्रेसका केन्द्रय सदस्य सुनिलबहादुर थापाले नेपाली कांग्रेस लोकतान्त्रिक पाटी भएकोले अरू पार्टिको जस्तो टिका लगाएर नेतृत्व चयन गरिनु लोकतान्त्रिक नहुने भएकोले मात्र निर्वाचन भएको र लोकतन्त्रमा आन्तरीक प्रतिस्पर्धामा पराजित भन्ने हुँदैनत्यसैले जित हार भन्दा पनि अब सवैले पाटी लाई कसरी बलियो र शसक्त बनाउन सकिन्छ भन्नेमा ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमा बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले सबै नेता कार्यकर्तालाई जिम्मेवारी बोध हुने खालको भूमिका दिएर पाटी अगाडी बढ्ने बताउनु भयो । कार्यक्रमको संचालन नेपाली कांग्रेस धनकुटाका पाटी सचिव बिजयसन्तोषी राईले गर्नु भएको थियो ।


