नवनिर्मित बिद्यालय भवन तथा कम्प्युटर ल्यावको उद्घाटन
धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिका वडा नं ८ खुडी स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयले हीरक जयन्ति मनाएको छ । विद्यालय ६० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर हीरक जयन्ति मनाएको हो ।
विद्यालयले हीरक जयन्ति समारोहको अवसरमा विद्यालयको नवनिर्मित भवन तथा कम्प्युटर ल्यावको उदघाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संघीय संसद राजेन्द्र राईले विद्यालयको नवनिर्मित दुइतले ४ कोठे भवनको उद्घाटन गर्नु भएको हो । भवन ६८ लाख १६ हजार ५८ रुपैया १५ पैसामा भवन निमार्ण गरिएको हो ।
त्यस्तै गरी सोहि अवसरमा विद्यालयले कम्प्युटर ल्यावको पनि कार्यक्रमका विशेष अतिथि प्रदेश संसद निरन राईबाट उद्घाटन गरिएको छ । विद्यालयले प्रदेश सरकार बाट प्राप्त रकम बाट ६ लाख ५० हजार मा कम्प्युटर ल्याव स्थापना गरेको हो । त्यस्तै विद्यालयमा साईन्स ल्यावको पनि स्थापना गरेको छ ।
गाउपालिकाको ६ लाख ५० हजार मा साईन्स ल्याव स्थापना गरेको हो । सो ल्यावको पनि प्रदेश संसद राईले उद्घाटन गर्नु भएको थियो । सो विद्यालयमा पठपाठनलाई व्यवस्थित गर्ने उद्देश्यले गाँउपालिकाको आर्थिक सहयोग ६ लाख ५० हजार मा लाईबेरीको पनि व्यवस्था गरेको छ ।
कार्यक्रममा बोल्नु हुदै सघीय संसद राजेन्द्र कुमार राईले जनप्रतिनिधिहरुले जनताको आदेश अनुसार काम गरिरहेको बताउनु भयो । त्यस्तै उहाँले परम्परागत शिक्षाले देश पविर्तन विकास असम्भव रहेको भन्दै शिक्षा निति परिवर्तन गरेर गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा अगिबढिरहेको जानकारी गराउनु भयो । साथै उहाले जिल्लाको सागुरीगढी गाउपालिकाको महाभारत क्षेत्र गाँ जा खेतिको लागि उपयुक्त ठाँउ भएकाले एक वर्ष भित्र गाँ जा खेति सम्बन्धि कानुन बनाएर हरेक जनतालाई धनि बनाएर छोड्ने आश्वास दिनु भयो ।
त्यस्तै उहाले वडामा सडक पिच र स्वास्थ्य तथा सिचाईका लागि कुलो निमार्ण गरीदिने प्रतिवद्धता गर्नु भएको छ । त्यस्तै गरी प्रदेश संसद निरन रार्यले पनि कार्यक्रममा बोल्नु हुदै शिक्षा स्वास्थ्य , खानेपानि , खेलमैदान निमार्ण ,कृषि पर्यटन लगायत क्षेत्रमा धेरै काम भईरहेको दावि गर्नु भयो । त्यस्तै कार्यक्रममा गाँउपालिका अध्यक्ष कुमार जंग याखाले पनि गाँउपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि वृहतमात्रमा काम गरिरहेको बताउनु भयो । भौक्तिक निमार्ण , जनशक्ति व्यवस्थापन लगायत धेरै काम भईरहेको बताउनु भयो ।
त्यस्तै गरी उहाँले अझै विद्यालयलाई आवाश्यक सहयोग गर्न तयार रहेको जानकारी गाराउनु भएको थियो । विधालयका प्रधानाध्यापक सुर्य बहादुर मगरले विद्यालयको वार्षीक प्रगति विवरण सहित निति तथा कार्यक्रमको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय वयवस्थापन समितिका अध्यक्ष हरि दिवस खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालयले विभिन्न चन्दा दाता , शिक्षक , जग्गा दाता , उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लगायतलाई सम्मान पत्र तथा खदाले सम्मान गरिएको छ ।
कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विनय राई ,वडा नं ९ का वडा अध्यक्ष जेवि राई , वडा सदस्य , शिक्षक ,अभिभावक, समाजसेवि वुद्धिजिवी लगायत विद्यार्थिहरुको कार्यक्रममा उपस्थितिरहेको थियो ।


