भेडेटारमा आजबाट खाना महोत्सव सुरु
धनकुटा,१६ पुष । अग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा शुक्रवारदेखि तीन दिने खाना महोत्सव सुरु भएको छ ।
एक कार्यक्रमका वीच प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना ल्याउन लागेको समेत बताए ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी, प्रर्वद्धनमा नेपाल टुरिज्म वोर्ड र सहयोगीमा साँगुरीगढी गाउँपालिका र ६ नं. वडा कार्यालय रहेका छन् । महोत्सवमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।


