धनकुटामा जसपाको सुज अभियान सम्पन्न
धनकुटा,१६ पुष । जनता सामाजवादी पार्टी नेपालले धनकुटामा सुज अभियानको समापन गरेको छ ।
संगठन सुदृढीकरण तथा जनजागरण सुज अभियानकाको समापन पाटीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्नु भएको छ ।
समापन कार्यक्रमा बोल्दै डा भट्टराईले पाटीका मुलभूत सिदान्तका रुपमा रहेको समावेशी समानुपातीक प्रतिनिधीत्वको बिषय लाई पाटीले सधै उठाउने बताउनु भयो साथै उहाँले अधुरो अपुरो संविधान लाई संसोधन गर्दै सबै नेपाली जातजातीको अपनत्व हुने किसिमको बनाउँदै प्रत्यक्ष निर्वाचित राष्टिपतीको व्यावस्थामा जानु पर्ने बताउनु भयो ।
समापन कार्यक्रमा कार्यकारीणी सदस्य तथा पूर्व शान्तिमन्त्री रकम चेम्जोग केन्द्रिय सदस्य आरसी तुम्वा, अर्जुन थापा लगायतका नेता साथै अन्य कार्यकर्ताहरुको उपस्थिती रहेको जनता सामाजवादी पार्टी धनकुटाका कोषाध्यक्ष सरोज आठपहरीया राईले जानकारी दिनु भयो ।
कार्यक्रमरो अध्यक्षता जनता सामाजवादी पार्टी धनकुटाका अध्यक्ष बलबहादुर राईले गर्नु भएको थियो ।


