धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

धनकुटा, पौष १८ । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शस’स्त्र प्रहरी बलको सश’स्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका-५ का २८ बर्षीय सौहार्द राई, उदयपुर बेलका नगरपालिका-७ का २२ बर्षीय योगेन्द्र राई र सोही स्थानका ३२ बर्षीय निशान राई पक्राउ परेका छन् ।

पौष १७ गते सञ्चालित परीक्षामा प्रवेश पत्र चेक जाँच गर्ने क्रममा योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्रबाट सौहार्द राई नक्कली परीक्षार्थी बनि परीक्षा हलमा प्रवेश गर्न लाग्दा पक्राउ गरिएको हो । उक्त परीक्षा हलमा प्रबेशको लागी सहयोग गर्दै गरेको अवस्थामा निशान राई पक्राउ परेका हुन ।

पक्राउ परेका नक्कली परीक्षार्थी सौहार्द राई, आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने योगेन्द्र राई र सहयोगी निशान राई समेत तीनै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

लिभरपुल प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने
काठमाडौं, १८ पुस/इंग्लिस क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपले आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । ५४ वर्षीय क्लोपलाई कोडिभ–१९ पोजिटिभ देखिएपछि लिभरपुलको टच लाईन गुमाउने भएका हुन् ।

क्लोप नहुने भएसँगै टोलीका सहायक प्रशिक्षक पेप लिजन्डर्सले स्टाफोर्ड ब्रिज भ्रमण गर्नेछन् । गत शुक्रबार क्लोपसँगै तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनको अवस्था सामान्य रहे पनि आईसोलेसनमा बसिरहेका बीबीसीले जनाएको छ ।

आइतबार राति चेल्सी घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ । जारी लिगमा चेल्सी २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ भने १९ खेलबाट ४१ अंक बनाएको लिभरपुल तेस्रो स्थानमा छ ।

अघिल्लो दिनमात्र आर्सनलविरुद्ध पुनरागमन जित निकालेको म्यानचेष्टर सिटी २१ खेलबाट ५३ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।