पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को तेस्रो चरणको छनौट सम्पन्न,को-को भए छनौट ? भोटिंगलाइन खुल्ला
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को तेस्रो चरणको छनौट सम्पन्न भएको छ ।

तेस्रो चरणमा गायन तर्फ ४० मध्ये टप ३० जना र नृत्य तर्फ ४० मध्येबाट टप ३१ जना चौंथो राउण्डको लागि छनौट गरिएको कार्यक्रम संयोजक सुमन योगीले बताउनु भयो ।निर्णायकहरुमा जुनि खालिंग राई,प्रबिन बिसी,सुजन योगी र युसीन यस्माली मगर रहेका थिए ।
कार्यक्रमको चौंथो चरणको कार्यक्रम पुष ३० गते हुने भएको छ । जसमा दुवै विधाबाट छानिएका ६१ ले सेमिफाइनल (टप २०) को लागि प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमको छायॉंकन यात्री ब्रोजले गरिरहेको छ ।
साथै चौंथो चरणको छनौटको लागि भोटिंग लाइन पनि खुल्ला गरिसकिएको आयोजकले जनाएको छ । जसको लागि ग्लोबलअनलाइनपे एप डाउनलोड गरि आफुलाई मन परेको प्रतियोगीलाई भोट गर्न सकिनेछ ।
एप डाउनलोडको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
नक्कली परीक्षार्थी पक्राउ
धनकुटा, पौष १८ । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका-५ का २८ बर्षीय सौहार्द राई, उदयपुर बेलका नगरपालिका-७ का २२ बर्षीय योगेन्द्र राई र सोही स्थानका ३२ बर्षीय निशान राई पक्राउ परेका छन् ।
पौष १७ गते सञ्चालित परीक्षामा प्रवेश पत्र चेक जाँच गर्ने क्रममा योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्रबाट सौहार्द राई नक्कली परीक्षार्थी बनि परीक्षा हलमा प्रवेश गर्न लाग्दा पक्राउ गरिएको हो । उक्त परीक्षा हलमा प्रबेशको लागी सहयोग गर्दै गरेको अवस्थामा निशान राई पक्राउ परेका हुन ।
पक्राउ परेका नक्कली परीक्षार्थी सौहार्द राई, आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने योगेन्द्र राई र सहयोगी निशान राई समेत तीनै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।


