भेडेटारमा भएको तीन दिने खाना महोत्सव आइतबार सम्पन्न हुदै

धनकुटा,१८ पुष । अंग्रेजी नयाँ बर्षको अबसर पारेर धनकुटाको पर्यटकिय स्थल भेडेटारमा भएको तीन दिने खाना महोत्सव आइतबार सम्पन्न हुदैछ।

शुक्रबार बाट सुरु भएको महोत्सव आइतबार सम्पन्न हुने भएको हो। कोरोना महामारीका कारण थलापरेको पर्ययटन व्यावसाय लाई लयमा फर्काउनका र प्रदेश न १ कै पर्यटकीय स्थान भेडेटार लाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामाग्री प्रदर्शनी संगै हेलि फनफाल्इट, जिप लाइन, प्याराग्याईडिङ्ग लगायतका खेलहरु समेत महोत्सवम समावेश गरिएको थियो ।

त्यस्तै भेडेटार आसपासका पर्यटकीय क्षेत्रहरुमा समेत घुम्न पाईने व्यवस्था समेत गरिएको आयोजक संस्था होटल एसोसियसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको थियो ।

२०६९ साल बाट नियमित महोत्सव हुदै आएकोमा गत बर्ष कोरोना महामारीका कारण महोत्सव स्थिगित गरिएको थियो ।

गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य
लण्डन, १८ पुस /गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।

‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं,’ उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।

कुनै कार्यकारी पदमा नरहेर पनि नेपाल र नेपालीको हितको लागि आफुले निरन्तर काम गरिरहेको उनले बताए । आचार्यले चाहेको बेला विदेशी मुद्रामै फिर्ता ल्याउन मिल्ने गरी एनआरएनहरूलाई डलर अकाउन्ट खोल्न नेपाल सरकारले ल्याएको योजनाको स्वागत गरे । उक्त योजनाबाट लाभान्वित हुन उनले एनआरएनहरूलाई आग्रह पनि गरे।

विमानस्थलमा गैर आवासीय नेपालीहरूका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖