कु’कुरले टो’क्दा धनकुटामा १५ जना घा’इते

धनकुटा,१९ पुष । धनकुटामा आज दिउँसो कु’कुरको टो’काइबाट एकै दिन १५ जना घा’इते भएका छन् । घा’इते मध्ये धनकुटा नगरपालिकाको चुलिबन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घरभएका १२ जना अहिले सम्म धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटामा सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनु भयो ।

अस्पतालको सम्पर्कमा आएका मध्ये कु’कुरको टो’काइबाट ग’म्भीर घा’इते ६ बर्षिय बा’लक र ९० बर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ । १० जना घाइते धनकुटा अस्पतालमा उपचार पछि घर फर्केका छन् ।

प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन
काठमाडौं, १९ पुस /एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताएका हुन् ।

प्रचण्डको पहलमा साविक नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाएको भन्दै आक्रोश व्यक्त गर्दै आएकाले ओलीले प्रचण्डको राजनीतिक दस्तावेजमाथि पनि खरो टिप्पणी गरेका हुन् । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन गरिएको थियो । नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन प्रचण्ड र तत्कालीन नेकपा नेता माधवकुमार नेपालको हात रहेको ओलीको बुझाइ छ ।

आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरुको समर्थन रहेको स्मरण गराउँदै ओलीले भने, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिष्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।