धनकुटा नगरपालिकालाई २ आना जग्गा नि:शूल्क ? – यस्तो छ यथार्थ…
धनकुटा खबर । स्थानिय सरकार धनकुटा नगरपालिकालाई २ आना जग्गा नि:शूल्क उपलब्ध गराएको भन्ने समाचारको खण्डन गरिएको छ । यसअघि धनकुटा नगरपालिका ६ निवासी समाजसेवी झरना कुमारी श्रेष्ठ र प्रेम बहादुर श्रेष्ठले दिएको भनिएको सो जग्गा नि:शूल्क नभएको स्थानियले बताएका छन् ।
२०६६ सालमा बाटोको रुपमा प्रयोग भैरहेको जग्गा झरनाकुमारी र प्रेम का छोरा एवम् नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले २०७७ सालमा आफ्नो आमाको नाममा किनेर बाटोमा पर्खाल समेत लगाई भौतिक संरचना बनाउन तयार गरेपछि स्थानियले नगरपालिकामा गई निवेदन दिएपछि वडाबाट स्थलगत सर्जिमिन भएको स्थानियले जनाएका छन् ।
त्यसपछि नगरपालिकाको कार्यलयबाट त्यहाँ घर टहर नवनाउन भनि पत्राचार समेत भएको र ६५० कित्ता नं उनको नाममा नभई स्थानिय बीरामफुल राईको नाममा रहेको भएपछि बीरामफुल राईको घर भएको कित्ता नं ६५१ सुन्दरबाबु श्रेष्ठको आमा झरना कुमारी श्रेष्ठको नाममा रहेकोले बाटो चाहिए ७ लाख नगद माग गर्दै आएपछि स्थानियको रोहवरमा ३ लाख ५० हजार मा लिनेदिने मौखिक सहमति गरि कित्ता नं ६५१ को जग्गा बीरामफुल राईलाई राजीनामा गरिदिएको र कित्ता नं ६५० को जग्गा राईबाट बाटोको उपयोगका लागि नगरपालिकाको नाममा दिईएको स्थानियद्धारा जारी जानकारी पत्रमा उल्लेख छ ।
जग्गा पास गर्न जाने वेला थप २० हजार समेत ३ लाख ७० हजार नीजले लिएको र सिफरिस दस्तुर, राजश्व पनि स्थानियले नै तिरेको स्पष्ट गराउदै १ श्रेष्ठ परिवारले १ लाख ११ हजार सहयोग स्वरुप प्रदान गरेको भन्ने कुरा पनि झुटो भएको स्थानियद्धारा जारी जानकारी पत्रमा उल्लेख छ ।
उक्त जग्गा खरीद गर्दा निम्न घर जग्गा वालाले निम्नानुसारको रकम संकलन गरेको ब्यहोरा प्राप्त भएको छ ।
क. स्थानीय घरधनी – बिरामफूल राई – रु सत्तरी हजार ।
ख. स्थानीय घरधनी – मनुभक्त राई – रु सत्तरी हजार ।
ग. स्थानीय घरधनी – विना खड्गी – रु सत्तरी हजार ।
घ. स्थानीय घरधनी – भीम कुमारी राई – रु सत्तरी हजार ।
ङ. स्थानीय घरधनी – केशर ब. थापा – रु सत्तरी हजार ।
च. स्थानीय घरधनी – जीवन खड्गी – रु पचास हजार ।
पूर्व प्रकाशित समचारमा अन्यथा भएकोमा माफी चाहन्छौ ।


