रहिनन् धनकुटा सहिदभूमिकी वडा सदस्य राई

धनकुटा । धनकुटा सहिदभूमि गाउंपालिका वडा नम्बर ३ का महिला सदस्य घनमाया राईको आज ४० बर्षको उमेरमा निधन भएको छ । साविक छिन्तांग(सहिदभूमि-३) स्थायी घर भएका राईको आफ्नै निवासमा आज विहान ७ बजे निधन भएको सहिदभूमि गापा ३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद राईले जानकारी दिनु भयो ।

केही समय यता म’धुमे’ह रो’गबाट पी’डित भई पछिल्लो समय प्यां’क्रियाजको क्या’न्स’र भएर उपचाररत राईलाई उपचारका लागि धरान स्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र हिजै मात्र अस्पतालबाट घर ल्याइएको थियो । वहॉंको आजै अन्तिम दाहसस्कारका लागि तयारी भईरहेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

अखिल नेपाल महिला संघको जिल्ला सदस्य तथा नेकपा एमाले पालिका कमिटी सदस्य समेत हुनुहुन्थ्यो । उहाँ २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । स्व राईको श्रीमान र दुई छोरा छन् ।

प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव
महोत्तरी, २१ पुस /कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सवको आयोजना हुने भएको छ ।नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरूलाइ स्वरोजगार बनाउने उद्देश्यसहित १३ देखी २४ माघसम्म महोत्सव हुने भएको हो ।

प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवको स्टलमा निम्त्याउने आयोजक पक्षले जनाएको छ ।

महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना छन । थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधिर अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्ने आशा व्यक्त गरे । महोत्सवमा कृषि, स्थानीय उत्पादन, पर्यटनजस्ता विषयमा पनि उत्तिकै ध्यान दिइनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।