प्रेस चौतारी धनकुटाको ९ औं जिल्ला अधिवेशन पुस २९ गते

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको ९ औं जिल्ला अधिवेशन यही पुस २९ गते हुँने भएको छ । चौतारी जिल्ला कार्य समितिको बैठकले अधिवेशनको मिति तोकेको हो । अधिवेशनले चौतारीको नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ ।

बैठकले जिल्ला अधिवेशनको मिति तोकेर अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न चार वटा उप–समिति पनि निर्माण गरेको चौतारीका जिल्ला उपाध्यक्ष रबिन कटेलले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रशार र मञ्च व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

उपाध्यक्ष कटेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप–समिति निर्माण गरिएको छ । समितिको सदस्यमा विश्वराज श्रेष्ठ र डम्बरु दाहाल छन् । सह–सचिव विश्वराज श्रेष्ठको संयोजकत्वमा विमला राई, वालिका मादेन र सुरेन्द्र मग्रान्ती सदस्य रहेको प्रचारप्रशार उप–समिति निर्माण गरिएको छ ।

कोषाध्यक्ष मनिषा पोख्रेलको संयोजकत्वमा माया राउत र शिशिर भण्डारी सदस्य रहेको प्रतिनिधि व्यवस्थापन उप–समिति बनाइएको छ । यता, जिल्ला सदस्य मानवी तामाङ्गको संयोजकत्वमा नवनित खड्का र कल्पना थापा सदस्य रहेको मञ्च व्यवस्थापन उप–समिति निर्माण गरिएको छ ।

बैठकले चौतारीको केन्द्रिय सदस्यमा मनोनित भएका जिल्ला अध्यक्ष सन्तोष रुचाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ । यसअघि केन्द्रिय सदस्यमा मनोनित रमेशचन्द्र अधिकारीलाई अघिल्लो बैठकले बधाई ज्ञापन गरेर सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।