धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ५ डिकुरेमा आज सवारी दुर्घटना भएको छ । दूर्घटनामा परि संखुवासभाको चैनपुर नगरपालिका ३ पोखरी बस्ने वर्ष ३४ का मिलनकुमार पाण्डे सामान्य घाईते हुनुभएको प्रहरीले जनाएको छ ।
पाख्रीवासबाट भोजपुर तर्फ जाँदै गरेको को १ ज ३१६५ नं को सिङ्गल पिकप भेन सँग विपरित दिशाबाट आईरहेको को ३८ प ९४३ नं को मोटर साईकल एकापसमा ठोक्किएर दूर्घटना हुँदा मोटरसाईकल चालक पाण्डे घाईते हुनुभएको प्रहरीले जनाएको छ ।
घाईते पाण्डेको खुट्टा र हातमा चोट लागेको छ । उहाँ स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जानुभएको प्रहरीको भनाई छ ।
दुर्घटनामा संलग्न सवारी साधन र पीकप भेनका चालक सागुरीगढी गाउँपालिका ६ का वर्ष २५ का धनजित राई ईलाका प्रहरी कार्यलय पाख्रीवासको नियन्त्रणमा छन् । बाईकले आफ्नो गति कम गर्न नसकी भेनमा ठोक्किदा दूर्घटना भएको जनाईएको छ ।


