रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुदै

रोल्पा । रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुने भएको छ । कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो ।

आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका हुन् । कार्यक्रममा माओवादी नेताहरु जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका शेषणहरु सञ्चालन हुनेछन् । सुनिलको सपना शेषणमा वक्ताको रुपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन् । कमरेडको खबर शेषणमा वक्ता झक्कु सुवेदी छन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन् ।

संसदमा सर्कसमा वक्ता राजकुमार कुवँर छन् भने सहजीकरण नविन लोचनले गर्नेछन् । त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरु गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काशिँराम डागीले गर्नेछन् । बिर्सिएको यु्द्ध पर्यटनमा वक्ताहरु पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन। उनीहरुलाई मनिषा श्रेष्ठले सहजीकरण गर्नेछिन् ।

कार्यक्रमा राष्ट्रिय मुद्याका विषयहरु पनि उठाइएको आयोजकले बताएको छ । कविले बिराएको बाटोमा कविहरु श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन् । उनीहरुलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।