नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, २९ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अङ्कले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बीमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बीमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अङ्कले उकालो लागेको छ ।कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३१ लाख ४३ हजार २४५ बराबरको कारोबार भयो ।

यस्तै अपिपावर कम्पनी रु २३ करोड २३ लाख ३० हजार ९७०, नेपाल पूर्वाधार बैंक रु २२ करोड २९ लाख ११ हजार ७१७, एचआइडिसीएल रु २१ करोड ९४ लाख ६४ हजार ६६८ र हिमालयन डिस्टिलरी रु १४ करोड ४९ लाख ९२ हजार ३३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी ९.९८, माउण्टेन हाइड्रो ९.४४, कर्णाली डेभलपमेन्ट बैंक ९.३५, शिवश्री हाइड्रोपावर ९.०१ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए । त्यस्तै नबिल डिवेञ्चर २.०३, एनआइसी एशिया सेलेक्ट फण्ड १.४१, नारायणी डेभलपमेन्ट बैंक १.१९, राष्ट्रिय बीमा कम्पनी एक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ०.९९ प्रतिशतले गुमाए ।

तीन सञ्चारकर्मी पुरस्कृत
बागलुङ, २९ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ सालको पुरस्कार एकसाथ प्रदान गरिएको हो । पुरस्कृत हुनेमा रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल रहेका छन् । उनीहरुलाई जनही रु १० हजार राशिबाट पुरस्कृत गरिएको हो । शर्मालाई २०७५, बोहोरालाई २०७६ र पौडेललाई २०७७ को पुरस्कारबाट सम्मान गरिएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लीलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकारत्रयलाई संयुक्तरूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मानित गर्नुभएको हो । बोहोरा ढोरपाटन दैनिकको कार्यकारी सम्पादक र पौडेल गोरखापत्र दैनिकमा आवद्ध हुनुहुन्छ । विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।