प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कटेल निर्वाचित

धनकुटा,२९ पुष । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा आज सम्पन्न प्रेस चौतारी धनकुटाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कटेल सर्वसम्मत निर्वाचित भएका हुन् ।समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् ।

सह–सचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ मायाँ राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन भएका छन् ।समितिको सदस्यहरुमा विनु चेम्जोङ्ग, सन्तोष सुवेदी, विश्वजित देउजा, गोमा ढुंगाना, प्रेमा मादेमा, अनिता राई, कल्पना तामाङ्ग, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कटेल निर्वाचित भएका छन् । अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकबाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष कटेलले जानकारी दिए ।

ए डिभिजन लिगको नवौं चरण शुक्रबारबाट, आफ्नो टिमबारे १० प्रशिक्षक के भन्छन् ?
काठमाडौं, २९ पुस/सहिद स्मारक ए डिभिजन लिगको नवाँै चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ ।

दोस्रो दिन पुछारमा रहेको फ्रेन्ड्स बलियो आर्मी फुटबल क्लबसँग आमुनेसामुने हुनेछ । सोही दिन साँझ हुने खेलमा थ्री स्टारले अपराजित संकटाको सामना गर्नेछ । तेस्रो तथा आइतबार ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा सोही दिनको दोस्रो खेलमा रेलिगेशन जोनमा रहेका नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन् ।

सोमबारको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथको सामना गर्नेछ । नवाैँ चरणको खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा सहभागी १४ क्लबका १० प्रशिक्षक सहभागी भए । संकटा, शेर्पा, पुलिस र बीबीसीको प्रशिक्षक भने उपस्थित भएनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।