सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न
धनकुटा,२९ पुष । सामुदायिक बिद्यालय बिच सिकाइ आदान प्रदान गर्ने उदेश्यले धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा इनिसियटिभ फर प्रोगेसिभ एक्सन नेपालले गरेको कार्यक्रम सम्पन्न भएको छ ।
गोकुण्डेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यावस्थापन समितीका सदस्य पुरेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,बिशेष अतिथि प्रदेश शिक्षा निर्देशनालय प्रमुख राजेन्द्र बुढाथोकि रहनु भएको थियो ।
त्यस्तै कार्यक्रममा गोकुण्डेश्व माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रसाद चापाँगाई सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटाको समेत उपस्थिती रहेको थियो । कार्यक्रमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,बिशेष अतिथि प्रदेशशिक्षा निर्देशनालय प्रमुख राजेन्द्र बुढाथोकि, गोकुण्डेश्व माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रसाद चापाँगाई लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमा सहभागी भिरगाउँको टंक माध्यमिक विद्यालय, हिले माध्यमिक विद्यालय र गोकुण्डेश्वर माध्यमिक विद्यालय सहभागिहरुले कार्यक्रमा बिधालय मा संचालन गरेका बिबिध पक्ष का बारेमा अनुभव आदानप्रदान गरेका थिए ।
सहभागिहरुले एक बिधालय ले अर्को बिधालय बाट सिक्ने अवसर मिलेको बताएका थिए । कार्यक्रम संचालन गोकुण्डेश्वरमाध्यामिक विद्यालयका शिक्षक भक्त खड्काले गर्नु भएको थियो ।


