अपडेट : ट्रिफर दुर्घटनामा २ जनाको मृ’त्यु

धनकुटा, पौष ३० । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाऊपालिका ३ का २१ बर्षीय नविन बि.क. रहेका छन् ।

आज बिहान ५ बजे धनकुटाबाट बसन्तपुर तर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३-००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृ त्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरि लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

जुम्लामा सार्वजनिक यातायातकाे नयाँ भाडा कायम, व्यवसायी भन्छन्- लागू गर्न सकिँदैन
दिलमाया शाही/ जुम्ला, ३० पुस/जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो ।अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएकाे छ ।

जुम्लादेखि सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएकाे छ । जीपमा जाँदा झन बढी १ हजार २ सय ९ रुपैयाँ तिर्नुपर्नेछ । जुम्लादेखि काठमाडौंकाे बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएकाे छ । डिलक्स र एसी बसकाे भाडा अझ बढी हुन्छ ।
छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएकाे छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ ।

जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएकाे छ । जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएकाे छ ।जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ । जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेकाे छ ।जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए ।

उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएकाे छ ।

सरकारले निर्धारण गरेकाे भाडादर लागू नगर्ने व्यवसायीको अडान

यातायात व्यवसायिकले भने सरकारबाट निर्धारण भएकाे भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन् । तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएकाे बताए ।

विगतमा छोटो दूरीमा कम्तिमा ६० र लामाे दूरीमा १ हजार ५ सय कायम हुनुपर्ने उनकाे माग छ । सरकारी भाडादर लागू गर्न नसकिने उनले बताए ।जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।