धनकुटामै आज देखि सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परिक्षा सुरु

धनकुटा,१ माघ । स्थापनाको करिब ३० महिना पछि यातायत व्यावस्था तथा सेवा कार्यलय धनकुटाले आज शनिवारबाट सवारी चालक अनुमती पत्र लाईसेन्सका लाई प्रयोगात्मक परिक्षा सुरु गरेको छ । आज पहिलो दिन मोटर साईकल र स्कुटरका १ सय ५७ जनाले प्रयोगात्मक परिक्षा दिएको यातायत व्यावस्था तथा सेवा कार्यलय धनकुटाका प्रमुख बाबुराम शर्मा लुईटेलले जानकारी दिनु भयो ।

अहिले यस कार्यलय बाट साना सवारी मोटरसाइकल, स्कुटर,कार, ट्याक्टर, टेम्पो को लागि प्रयोगात्मक परिक्षा लिइने भएक पछि बस,डोजर, टिफर लगायतका सवारी साधानका लागि भने तत्काल प्रयोगात्मक परिक्षा नहुने कार्यलयले जनाएको छ ।

एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि
काठमाडौं, १ माघ /त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।विजेता एपीएफले तीन लाख रुपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।महिलातर्फको तेस्रो स्थानका लागि न्यु डाइमन्ड एकेडेमी र पुलिसबीच शनिबारै प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल, साबिक विजेता पुलिस, एपीएफ, आर्मी र न्यु डायमन्ड गरी पाँच टोली सहभागी थिए ।मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।