धनकुटा कांग्रेसले चारतारे झण्डा ओढाएर गर्यो दुई अभिभावकको अन्त्येष्टि

धनकुटा । धनकुटा जिल्लाको पाख्रिवास नगरपाकिका वडा नं. १ का नेपाली कांग्रेसका वडा सभापती कुल वहादुर थापाका आमा तथा कांग्रेसका अभिभावक समाजसेवी स्वर्गीय इन्द्र कुमारी थापाको र धनकुटा नगर पालिका वडा नं. ५ का कांग्रेस अभिभावक स्वर्गीय दिलमाया श्रेष्ठको पार्थिव शरिरमा पार्टीका झण्डा ओढाएर धनकुटाको मुलघाटको विश्रान्ती मन्दिर स्थित तमोरनदीमा सम्मान पूर्वक अन्त्येष्टि गरेको छ ।

कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुग,निलम थापा, इन्दिरा कटुवाल थापा, गिता अधिकारी महाधिवशेन प्रतिनिधिहरु गंगाराम ढुंगाना ,क्षेत्रिय सभापती प्रदेश सभा ख धनकुटाका राजन पौडेल, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी,नेपाल महिला संघ धनकुटा उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका कार्यवहाक अध्यक्ष यूवराज पराजुली लगायले कांग्रेस अभिभावक समाजसेवी स्वर्गीय इन्द्र कुमारी थापाको पार्थिव शरिरमा पार्टीका झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ५ का कांग्रेस अभिभावक स्वर्गीय दिलमाया श्रेष्ठको पार्थिव शरिरमा जिल्ला सभापती राई,सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ वडा नं. ५ का वडा सभापती तथा निर्वाचित वडाध्यक्ष धन वहादुर राई,उपसभापती गोविन्द्र राई लगायतले चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

धनकुटा जिल्लाको पाख्रिवास वडा नं. ५ का सभापती पासाङ्ग तामाङ्ग, नेपाली कांग्रेसका सभापती छथरजोरपाटी वडा नंं १का सभापती भोगेन्द्रराज अधिकारी, पूर्व क्षेत्रिय सभापती चुडामणी धमला,नेपाल विद्यार्थी संघका धनकुटाका सचिव सरोज धमला,नेपाल शिक्षक संघका वडा अध्यक्ष भक्तमान लिम्बु,कांग्रेस नेताहरु भैरव अधिकारी,जगत धमला लगायतका नेताहरुले समेत स्वर्गीय थापा र स्वर्गीय श्रेष्ठको पार्थिव शिरिमा फुलमाला लगाई दिई सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

नेपाली कांग्रेस धनकुटका अभिभावकहरु इन्द्रकुमारी थापा र दिलमाया श्रेष्ठको निधनले नेपाली कांग्रेसले अभिभावक गुमाएको र नेपाली कांग्रेसलाई अपुरणीय क्षती समेत पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव राईले वताउनु भयो ।

दीर्घकालीन योजना निर्माणमा भेरी नगरपालिका अगाडि
जाजरकोट, २ माघ/भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएकाे छ ।विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा हेरिएका महत्वाकांक्षी योजनाहरूको शुभारम्भसमेत गरिएको छ । जिल्ला सदरमुकाममा सडक, खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको देखिन्छ ।

भेरी नगरपालिका र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जिल्लामै कुनै पालिकामा नभएको तर भेरीले मात्र सुरुवात गरेको शवबाहन ( एम्बुलेन्स) सेवा पनि जिल्लाकै नमुनामा पर्दछ । एम्बुलेन्समा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट र सुत्केरी महिलाका लागि नि:शुल्क सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । भेरी नगरभित्र ५० शैय्याको अस्पताल निर्माण कार्य जारी छ ।

कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्रसमेत भेरी नगरपालिकामा बन्दै गरेको छ । मालिकामा भ्युटावर बनाउन थालिएको छ । मध्यपहाडी लोकमार्ग, लुम्विनी-रारा, छिन्चु-जाजरकोट हुँदै डोल्पा सडकखण्डसमेत निर्माण हुँदैछ । केही दीर्घकालीन विकास र केही तत्काल देखिने खालका काममा रहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

विकासका केही मोडल पुराना बनोट भए पनि नयाँ काम सकारात्मक दिशातिर बढेको प्रदेश सभा सदस्य गणेसप्रसाद सिंहले बताए । प्रदेशबाट कुनै पनि वडा नछुटाई विकास निर्माणको काम भएको उनकाे भनाइ छ । फार्मेसी पढाइले जिल्लामै स्वास्थ्य जनशक्ति उत्पादन भइरहेकोसमेत सिंहले बताए । भेरीमा ७० प्रतिशत घरमा विद्युतीकरण पुगेको नेपाल विद्युत प्राविकरणले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।