प्रेस चौतारी धनकुटाको सल्लाहकारमा आठ पत्रकार मनोनित

धनकुटा, ४ माघ । प्रेस चौतारी नेपाल धनकुटाले आठ जना अग्रज पत्रकारलाई सल्लाहकारमा मनोनित गरेको छ । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले सल्लाहकार मनोनित गरेको हो ।

मनोनित हुँनेहरुमा नैन विश्वकर्मा, रमेशचन्द्र अधिकारी, सन्तोष रुचाल, सिद्धराज राई, भेषराज कटेल, सोबिस चेम्जोङ्ग, नयराज नेपाल र भरत थोक्लेन छन् । संगठनका अग्रजहरुलाई जिल्ला कमिटीले सल्लाहकार मनोनित गरेको चौतारीका जिल्ला अध्यक्ष कटेलले जानकारी दिए ।

गत पुस २९ गते सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनले नयाँ जिल्ला कमिटी निर्माण गरेको छ । अधिवेशन पश्चात बसेको जिल्ला कमिटीको पहिलो बैठकले सल्लाहकार मनोनित गरेको हो । बैठकले अधिवेशनको समिक्षा गर्दै अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रेस चौतारीले क्यालेण्डर प्रकाशन गर्ने

प्रेस चौतारी धनकुटाले आउँन लागेको नयाँ बर्ष २०७९ को भित्ते पात्रो पनि प्रकाशन गर्ने भएको छ । क्यालेण्डर प्रकाशनको तयारीका लागि उपाध्यक्ष विश्वराज श्रेष्ठको संयोजकत्वमा माया राउत, रविन्द्र रणपहेली, विनु चेम्जोङ्ग, सन्तोष सुवेदी र विश्वजित देउजा सदस्य रहेको क्यालेण्डर प्रकाशन तयारी समिति निर्माण गरिएको छ ।

बैठकले नयाँ कार्यसमितिका नाममा बैंक खाता परिवर्तन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, हरेक दुई÷दुई महिनाको फरकमा महिनाको पहिलो शनिवार जिल्ला कमिटीको नियमित बैठक बस्ने निर्णय पनि भएको प्रेस चौतारी धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।