कांग्रेस धनकुटाद्वारा कोरोना विरुद्ध जुट्न सवैलाई आव्हान
धनकुटा । नेपाली कांग्रेस धनकुटाले कोरोना विरुद्ध जुट्न सवैलाई आव्हान गरेको छ । धनकुटा सहित देश भर फेरि कोरोनाको तेस्रो लहर तिव्र रुपमा फैलिन थालेपछि भोलिका लागि बोलाईएको कांग्रेस जिल्ला कार्य समितिको बैठक समेत स्थगित भएको जानकारी गराउदै त्यस्तो आह्वान गरेको हो ।
नेपाल सरकारले कोरोना जोखिम नियन्त्रणका लागि २५ जना भन्दा बढी मानिसको भिड हुने गरि सभा सम्मेलन तथा भेला नहुने भनि दिएको निर्देशनको पालना गर्दै पार्टीको जिल्ला कार्य समितिको नियमित बैठक स्थगित गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण थप फैलन नदिन प्रभावकारी रुपमा खोप अभियान सहित सचेतन मूलक स्वास्थ्यका कार्यक्रमहरु जनस्तर सम्म सञ्चालन गर्न सरकार समक्ष माग समेत गरिएको छ । साथै जिल्ला स्थित पार्टीका सवै समिति,भात्तृ तथा सभेच्छुक संस्थाहरुलाई कोरोना नियन्त्रणका लागि सक्रिय सहयोग गर्न पार्टीका जिल्ला सचिव विजनय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत अपिल गरिएको छ ।



