कोरोना संक्रमण बढेपछि महालक्ष्मी नगर क्षेत्रका विद्यालयमा भौतिक उपस्थितीमा हुँने पठनपाठन बन्द

धनकुटा, ४ माघ । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नगर क्षेत्रका विद्यालयहरुमा भौतिक उपस्थितीमा हुँने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलवार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

नगर क्षेत्रका सरकारी कार्यालयका कर्मचारीहरु तथा स्थानीयबासीहरुमा कोरोनाको संक्रमण देखिने क्रम बढेकाले भौतिक रुपमा उपस्थित भई विद्यार्थीहरु भेला गरी पठन पाठन गर्ने गराउँने कार्य बन्द गर्ने निर्णय भएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनका अनुसार यो अवधिमा विद्यालयको प्रशासनिक काम भने रोकिने छैन । विद्यार्थी सिकाई सहजिकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्था वमोजिम विद्यार्थीहरुको सिकाइमा आवश्यक सहजिकरण गरिनेछ ।

बैठकले वालवालिका, शिक्षक, कर्मचारी तथा अभिभावकहरुमा कोरोना भाइरसको लक्षण देखिएमा वा शंका लागेमा त्यस्ता व्यक्तिहरुलाई कोरोना जाँचका लागि स्वास्थ्य संस्था पठाउँने, होम आइसोलेशनमा बस्न लगाउँने र नगरपालिका अथवा नजिकको स्वास्थ्य केन्द्रमा त्यसको जानकारी गराउँन पनि नगरबासीमा आग्रह गरेको छ ।

कोरोना खोप लगाउँन छुटेका १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थी र १८ बर्ष उमेर समूह भन्दा माथिका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई कोरोनाको खोप लगाउँने अभियानमा आवश्यक समन्वय र सहजिकरण पनि गरिने भएको छ ।

माघ ६ गते नगरमा सञ्चालन हुँने भनेर पत्राचार गरिएको प्रद्यानाध्यापकहरुको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । साथै, सबै शिक्षण संस्थाहरुले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा बार्षिक उत्सव जस्ता सार्वजनिक समारोहका कार्यक्रमहरु सञ्चालन नगर्न पनि बैठकले आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।