जिल्ला सहकारी संघ धनकुटाको दशौं बार्षिक साधारण सभा सम्पन्न

धनकुटा । जिल्ला सहकारी संघ लि. धनकुटाको दशौं बार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ ।

कार्यक्रममा माघ २३ सम्म सम्पर्क कार्यालयमा माइन्युट/ एबम सबै प्रतिबेदनहरु राखी सबै प्रारम्भिक संस्थाका अध्यक्ष एबम प्रतिनिधीहरुको सुझाव सहित हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ।

कार्यक्रममा लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संघका लेखा संयोजक राजेन्द्र बस्नेतले प्रस्तुत गर्नुभएको थियो भने संघका उपाध्यक्ष कमल कुमार लामिछानेले जिल्ला सहकारी संघ लि.धनकुटाको कर्मचारी प्रशासन निर्देशिका २०७८,राहत उद्दार तथा क्षतिपूर्ति कोष संञ्चालन निर्देशिका २०७८, संघको नियामावली २०७८,बचत निक्षेप संकलन ॠण लगानी,ब्याबसाय प्रबर्धन तथा तरलता ब्याबस्थापन सम्बन्धि निर्देशिका २०७८ सभामा पेश गर्नु भइ सर्बसम्मत रुपमा पास गरिएको थियो ।

संघका जिल्ला अध्यक्ष खगेन्द्र प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सदस्य हरि प्रशाद तिम्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय पार्सद एबम नि.बर्तमान अध्यक्ष सुन्दर बाबू श्रेष्ठले संघलाइ सुझावसहित मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन संघका सह सचिव तिलक बहादुर महतले गर्नु भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।