प्रहरी हवल्दार दिपक खड्का पौष महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित
धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटामा कार्यरत प्रहरी हवल्दार दिपक खड्का पौष महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित हुनु भएको छ ।

विभागिय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवम् पूर्ण जिम्मेवारीका साथ सवारी दूर्घटना न्यूनिकरण एवम् प्रभावकारी ट्राफिक व्यवस्थपन गर्न सम्वन्धित सरोकारवाला पक्ष र स्थानिय तह सँग समन्वय गरी आम सडक प्रयोगकर्ताहरुलाइ ट्राफिक नियम सम्बन्धि चेतना अभिवृद्धी गराउने कार्य गर्नुभएकोले उहाँलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको उल्लेख छ ।
त्यस्तै आवश्यक स्थानमा ट्रफिक संकेत बोर्ड र सडक रेखाहरु निर्माण तथा सडकमा भौतिक पूर्वाधार निर्माण , व्यवस्थापन लगायत विद्यार्थी,सवारी चालक,सह-चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक प्रशिक्षण गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरी प्रशंसनिय कार्य उहाँले गर्नुभएको जनाईएको छ ।


