धनकुटाको हिले माध्यमिक विघालयमा शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तथा शैक्षिक प्रशिक्षण सम्पन्न
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति धनकुटाको आयोजनामा हिले माध्यमिक विघालयमा शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तथा शैक्षिक प्रशिक्षण प्रशिक्षण सम्पन्न भएको छ ।
शिक्षक संगठन नगर समितिका अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षता तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पेशागत महासंघका प्रदेश महासचिव यज्ञ प्रकाश चापागाईं,हिले माध्यमिक विधालयका सहप्राध्यापक गणेश पिठाकोटे मगर , धनकुटा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समाजसेवि उमेश घिमिरे नेकपा एमाले वडा कमिटी अध्यक्ष कमल थिङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का कार्यवाहक वडा अध्यक्ष लालचन गोङवा , वडा सदस्य फुल माया विक , कार्यपालिका सदस्य कल्पना थपा , जिल्ला समन्वय समिति धनकुटाका सदस्य वाङदा थिङ , एमाले पार्टीका नगर अध्यक्ष अर्जुन छारा लगायत शिक्षकहरूको उपस्थित थियो ।
कार्यक्रममा शिक्षक संगठन नगर समिति कोषाअध्क्ष भेषराज खत्री ,संगठनका सल्लाहकार समितिका चिरञ्जीवी दाहाल ,गोविन्द राई , उपाध्यक्ष सान्तिला तामाङ , उपाध्यक्ष नर बहादुर विश्वकर्माले प्रशिक्षण दिएका थिए ।


