कांग्रेस धनकुटा नगर कार्य समितिद्वारा सहिद भीम नारायण श्रेष्ठ चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

धनकुटा । आज राष्ट्रिय सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसकै अवसरमा धनकुटामा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सहिद भीम नारायण श्रेष्ठ चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा बोल्दे नेताहरुले सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले सहिद दिवसको महत्वको वारेमा प्रकाश पार्दै धनकुटा सहिदहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

सहिद भीम नारायण श्रेष्ठको शालिकमा माल्यपर्ण गरी श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुले सहिदहरुले देखाएकोबाटो बाट हिडेमात्र मुलुकले निकास पाउने भएकाले अव सहिदले देखाएको को बाटोबाट हिड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

धनकुटामा २९ जना लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको क्रममा साहदत प्राप्त गरेका योद्धाहरुलाई राष्टिय सहिद घोषणा गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो । कार्यक्रममा कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला सचिव द्धय विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,सहसचिव रोशन श्रेष्ठ,जिल्ला सदस्यहरु रेणु श्रेष्ठ,क्षेत्रिय कार्य समिति प्रदेश सभा ख का सभापती राजन पौडेल,सदस्य विजय अधिकारी, सहिद भीम नारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना ,नेपाल शिक्षक संघ प्रदेश कार्य समितिका उपाध्यक्ष गंगाराम ढुंगाना,,पूर्व डि आई जी तथा समाजसेवी दिनेश आमात्य,नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई,महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,प्रदेश सभा क का उपसभापती मिलन खड्गी, प्रदेश सदस्य विजय अधिकारी,वडा नं। ६ का वडा सभापती रुपेश श्रेष्ठ,वडा नं। ५ का सभापती धन कुमार राई,उपसभापती गोविन्द्र राई,नगर कार्य समितिका सदस्यहरु मञ्जु आर्चाय,संगिता चापागाई,सरिन प्रधान,लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष शम्भु प्रधान , पूर्व जिल्ला कार्य समितिका सदस्य विष्णु पौडेल,दिनेश भण्डारी,पूर्व वडा सभापती कृष्ण श्रेष्ठ,क्षेत्रिय प्रतिनिधि प्रकाश श्रेष्ठ,महेन्द्रलाल श्रेष्ठ ,हरेन्द्रलाल श्रेष्ठ,धिरेन्द्रलाल श्रेष्ठ,गणेश न्यौपाने , किरण मास्के लगायतले सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसैगरी सहिद दिवसको अवसर धनकुटाको बसर्पाक स्थित सहिद स्तम्भमा समेत माल्यर्पण गरी विभिन्न संस्थाले सहदि दिवस मनाएको धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।