राष्ट्रिय भूमी आयोग धनकुटा जिल्लाको कार्यालय उद्घाटन, पदवहाली सगै काम शुरु

धनकुटा । राष्ट्रिय भूमी आयोग धनकुटा जिल्लाको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति धनकुटका उपप्रमुख बंगला देवी राई र आयोगका धनकुटाका नवनियूक्त जिल्ला अध्यक्ष बल वहादुर राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि नियूक्त अध्यक्ष राईले पद वहाली गरी काम शुरु गर्नु भएको छ । पद वहाली गर्दै उहाँले धनकुटामा भूमी आयोगले अव फाष्ट ट्रयाकबाट छिटो गतिमा काम गर्ने वताउनु यभो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्लाका सचिव विजय सन्तोषी राईले सम्पूर्ण दलहरुका तर्फबाट सम्बोधन गर्दै भूमी आयोगले धनकुटामा सवै सुकुम्वासीहरुलाई जग्गा प्रदान गर्ने र अव्यवस्थित बसोवासलाई व्यवस्थित गरी भूमीको स्मावित्व प्रदान गर्ने वताउनुभयो ।

उहाले यसमा दलहरुको सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै जिल्ला नापी कार्यालय प्रमुख तथा आयोगका सदस्य सचिव मिथिलेस यादव ले कार्यक्रमको उदेश्य प्रकाश पार्दै आयोगले भूमिहिन सुकुम्वासी,भूमिहिन दलित र अव्यवस्थित वसोसवासको लागि काम गर्ने वताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष राजेश्व वहादुर श्रेष्ठ,नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दर वाबु श्रेष्ठनेकपा एकिकृत समाजबादी धनकुटाका अध्यक्ष अर्जुन राई,नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समितिका सभापती राजन पौडेल,नेकपा माओवादी केन्द्र धनकुटका सचिवालय सदस्य इन्द्र विष्ट,जनता समाजवादी पार्टीका सहसचिव डम्वर कटुवाल,नारायण जुन राई,नेकपा एकिकृत समाजवादीका धनकुटाका नेताहरु डिप्वल राई,सुजनभाई जोशी,धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठ,जिल्ला समन्वय अधिकारी सफल पोर्तेल,सशस्त्र प्रहरी बल छिन्ताग ६ नम्वर गुल्मका गुल्मपती डि एस पी रामचन्द्र श्रेष्ठ लगायतले नव नियूक्त आयोगका अध्यक्ष राईलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला नापी कार्यालयका खरिदार इन्दिरा विश्वकर्माले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖