धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तराष्ट्रिय स्कुल अवार्ड

धनकुटा । धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले अन्तराष्ट्रिय स्कुल अवार्ड जितेको छ । ब्रिटिस काउन्सिलद्धारा सञ्चालित अन्तराष्ट्रिय स्कुल अवार्ड (आइ.एस.ए) मा सहभागीता जनाएर धनकुटा ५ बालमन्दिर स्थितको धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले जिल्लामै पहिलो पटक फुल अवार्ड जितेको हो ।

विश्व्यापिकरणको वर्तमान समयमा शैक्षिक पुनरजागरणबाट विद्यार्थीको सिकाईलाई जीवनोपयोगी बनाउदै विद्यार्थीको समग्र ब्यक्तित्व विकास गराई उनिहरुमा लुकेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्धेश्यले संचालित कार्यक्रम मार्फत यसपटक यो अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।

अवार्डका लागि तोकिएका विभिन्न विधामा विद्यालयले सम्पन्न गरेको परियोजनात्मक कार्यहरुको कार्यसम्पादनका आधारमा ब्रिटिस काउन्सिल नेपालले नेपाल सरकार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, मानव संसाधन केन्द्रको भर्चुअल उपस्थितिमा कार्यक्रमको फुल अवार्ड यस स्कुललाई प्रदान गरेको प्रिन्सिपल राजन पौडेलले बताउनुभएको छ । ।

धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले सन २०१९ देखि यो कार्यक्रममा निरन्तर सहभागी हुँदै आइरहेकोले २०२०–२०२३ सम्मका लागि उक्त अवार्ड जित्न सफल भएको हो । प्रिन्सिपल पौडेलका अनुसार ब्रिटिस काउन्सिलको सहकार्यमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयले विगत देखि नै विद्यार्थी केन्द्रित तथा समय सापेक्ष प्रयोगात्मक शिक्षामा जोड दिदै शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाईरहेको छ ।

मूलतः शैक्षिक क्रियाकलापलाई प्रयोगात्मक माध्यम मार्फत कथाको माध्यमबाट अंग्रजी भाषाको सिकाई, स्वास्थ जीवनकोलागि स्वास्थ्यकर खाना, जलवायू परिवर्तन, राई जाति विशेष चण्डी नाच, वनस्पति–औषधीको स्रोत, झण्डा बनाउने सीप, विश्वमा लगाउने पहिरन, हरियाली बढाऔं भन्ने जस्ता परियोजना कार्यहरु सम्पन्न गरेको थियो ।

विद्यालयका प्रशासकिय प्रमुख सुमना तिम्सिनाले विद्यालयको शैक्षिक अभियानलाई प्रभावकारी बनाउन तथा ब्रिटिस काउन्सिलद्धारा संचालित उक्त शैक्षिक अभियानका लागि क्रिष्ट नगर पब्लिक स्कूल केरला भारत, सिटि मोन्टेश्वरी लखनउ भारत,गभरमेन्ट गल्स हायर सेकेन्डरी स्कूल थलम्ब पञ्जव,गभरमेन्ट हयर सेकेण्डरी स्कूल सञ्जाव पाकिस्तान लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रोफेसनल पार्टनरहरुसंग मिलेर काम गरिरहेको बताउनु भयो ।

अवार्ड विजेता स्कुलका लागि विभिन्न समयमा विद्यालयको विविध गतिविधीलाई नजिकबाट नियाल्दै देशका विभिन्न स्थानमा अध्ययन अवलोकन, अर्को विद्यालयमा भम्रण गर्ने तथा शिक्षण सिकाई क्रियाकलाप बारे प्रत्यक्ष अध्ययन अवलोकन गर्ने अवसर प्रदान गरिन्छ । यही शिलसिलामा यस विद्यालयका संस्थापक प्रन्सिपल राजन पौडेलले विभिन्न विद्यालय अवलोकन गर्ने अवसर प्राप्त गर्नु भएको थियो ।

यस बाहेक विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त कृयाकलाप, स्थानीय तहका वडा अध्यक्ष, सदस्यहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुसंग अन्तरक्रिया गरी विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले समसामयिक विषयहरुमा छलफल तथा बहसहरु समेत विद्यालयले गराउदै आइरहेको छ । यस्तै उक्त विद्यालयले विदिार्थीहरुको विभिन्न क्वल, वालसंस्थाहरु, रेडक्रस तथा अन्य विद्यालय स्तरका संस्थामा संलग्न गराएर विद्यार्थीहरुको सामाजिक ज्ञान, अनुसासन र कर्तब्य बोध गराउने सुवर्ण अवसर पनि प्रदान गरेको विद्यालयका सहायक प्रिन्सिपल एवम् परियोजनाका विद्यालय कोअर्डिनेटर भुवन भण्डारीले बताउनु भयो ।

अवार्ड पाएको यस विद्यालयले ब्रिटिस काउन्सिलको लोगोलाई आधिकारीका रुपमा प्रयोग गर्न पाउने बताइएको छ भने विद्यालयले आगामी ३ बर्ष सम्म अन्तराष्ट्रिय रुपमा यस कार्यक्रममा जोडिएका विद्यालयहरु संग सहकार्य गरी अनुभव आदान प्रदान गर्न सक्नेछन् । कार्यक्रममा देशभरबाट ३ हजार विद्यालयले सहभागीता जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖