धनकुटामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी
धनकुटा । आज धनकुटामा कोरोनाका संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार आज जिल्लामा ४५ जना कोरोना मुक्त भएका छन् । यो सँगै जिल्लामा हाल सक्रिय संक्रमित संख्या १६४ बाट घटेर १३० मा झरेको छ ।
आज यहाँ ११ जना संक्रमित थपिएका छन् । १६ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनाको नतिजा पोजिटिभ आएको कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ । तर सकरात्मक्ता दर भने ८० प्रतिशत माथि को हाराहारीमा रहेको उहाँले बताउनु भएको छ ।
घट्यो खानेपानीको महशुल
हरिप्रसाद भुसाल/माघ २०, अर्घाखाँची ।सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।
२०० रुपियाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुनेगरी मुल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।
माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । बैठकले संस्थाको पाचौं अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
संस्थाले सदरमुकाम सन्धिखर्कका १ हजार ८ सय ४१ घरपरिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।


