सहिदभुमि गाउंपालिकामा तरकारी खेति प्रबिधि तालिम सम्पन्न
धनकुटा । धनकुटाको सहिद भुमि गाउपालिका वडा नं १ पोखरेमा पिछडिएका बस्ती समुदायका तरकारी खेति प्रबिधि तालिम सम्पन्न भएको छ ।
माघ १६ गते देखि १९ गते तीन दिनमा सञ्चालन गरिएको तरकारी खेति प्रबिधि तालिममा ६५ जना कृषिको सहभागीता रहेको थियो । तालिममा कृषकहरुलाई प्रशिक्षकहरू कृषि बिज्ञ सुर्य सापकोटा र पर्डेप नेपाल धनकुटाका कार्यक्रम काेडिनेटर मीन सुबेदिले आधुनिक तरकारी खेतीकाे विषयमा प्रशिक्षण दिएको हो।
पर्डेप नेपाल धनकुटाको आयोजना तथा सहिदभुमि गाउपालिकाकाे सहयोगमा सञ्चालन गरिएको तालिम एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा समापन गरिएको छ ।
तालिमको समापन गर्नु हुदै अध्यक्ष राईले सबैलाई धन्यवबद दिदै आधुनिक तरकारि खेति गर्न तालिममा सहभागी कृषकलाई सुझाव दिनु भयो ।


