बर्षाले धनकुटाको जनजीवन प्रभावित

धनकुटा । पश्चिमी न्यून चापीय प्रणालीका कारण धनुकटाका अधिकांश स्थानमा भईरहेको बर्षाले जनजीवन प्रभावित भएको छ ।

देशभर सक्रिय भएको मौसमी प्रणलीका कारण आज विहान देखि नै हल्का बर्षा भई रहेको हो । जसले गर्दा जिल्लाका मुख्य बजारहरुमा चहलपहल घटेको छ । ग्रामिण क्षेत्रको समेत जनजीवन प्रभावित भएको स्थानियहरुले बताएका छन् । चिसो समेत बढेके छ ।

बर्षाले हिउँदे बालीलाई भने राम्रो भएको कृषकले बताएका छन् । बर्षाले चिसो बढ्दा जाडो बढेसँगैे बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

एक वर्षमा २० किलाे नुन पाउछन् मुगाली
खड्क सुनार / मुगु, २१ माघ । ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलाेग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् ।

विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घरआँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए ।

सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनकाे गुनासाे छ । ‘घर आँगनमै नुन आउँदा खुसी भएका छौ, तैपनि यो नुन निकै कम हाे । घरमा भेडाबाख्रा, भैंसीलगायत पशु चौपायालाई यसले पुग्दैन,’ उनले थपे । हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले विगतका वर्षहरुदेखि आयोडिनयुक्त नुन अनुदानमा वितरण गर्दै आइरहेको छ ।

विकट हिमाली जिल्ला मुगुमा रहेका छायाँनाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपाालिकामा रहेका स्थानीय नागरिकलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गर्दे आईरहेको छ । सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रुपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ । सोहीअनुसार चालू आव २०७८/०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत एक हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपैयाँको दरले प्रतिघर २० किलो र अन्य कर्मचारीहरुलाई मिलाएर वितरण गरिएको छ ।

सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।
माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ ।

जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।

सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चडमा बोकाएर नुन लैजाने गरेका छन् । सदरमुकाम गमगढी बजारमा पनि लामो समय सम्म पालो कुरेपछि मात्र नुन पाईने गरेको यहाँका स्थानीयले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।