धनकुटामा आमा बुबा गुमाएका कांग्रेस सभापतीको छोरालाई छात्रवृति प्रदान

धनकुटा,२६ माघ । धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० का नेपाली कांग्रेसका वडा सभापती स्वर्गीय झगेन्द्र राईका छोरा अनुज राईलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले विद्यार्थी परियोजना नेपाल काठमाण्डौबाट प्राप्त छात्र बृति प्रदान गर्नु भएको छ ।

वडा सभापती राईको चार महिना अघि शंकास्पद अवस्थामा घर नजिकैको खोलामा मृ त्यु भएको र उनकी श्रीमतीको पनि श्रीमानको मृ त्यु भएको घट्ना दृश्य देखे पछी ह्दयघात भई निधन भएकोले थियो ।

धरान स्थित माउण्ड हर्मन एकेडेमीमा कक्षा १० मा अध्ययनरत अनुज राईलाई बिद्यार्थी परियोजना नेपाल काठमाण्डौबाट प्राप्त १४ हजार ३ सय रुपैया र सागुरीगढी कांग्रेसले संकलन गरेको ७ हजार रुपैया गरी जम्मा २१ हजार ३ सय रुपौया प्रदान गरिएको सागुरीगढी गाउपालिका का कांग्रेस सभापती नेपाल धन राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई,क्षत्रिय सभापती क्षेत्र नं. क का जितेन्द्र राई,उपसभापती नगेन्द्र राई,सचिव संजय राई,सागुरीगढी गाउपालिकाका सभापती नेपाल धन राई,उपसभापती मणीराज राई, वडा नं. १ का सभापती भुपेन राई,वडा नं. १०का सभापती राजु राई,धरान उपनगरपालिका वडा नं. ११ का उपसभापती बसन्त राई,क्षेत्रिय प्रतिनिधि उमेश राई,अनुसिल राई,लजेश राई,टेक वहादुर लिम्बु लगायतले संयुक्त रुपमा उक्त छात्रवृतिबापतको रकम अनुज राई हस्तानतरण गद्रै अध्ययनका लागी सफलताको शुभ कामना दिनु भएको थियो ।

६/६ महिनाममा छात्रबृत्ति रकम प्रदान गरिने प्रथम किस्ताको रकम हस्तानतरण गरिएको हो । सो अवसरमा अनुज राईका बाजे नर वहादुर राई बोजु टाङमाया राई,काका नारायण राई,फुपु संगिता राई दिदि सध्या राई लगायत परिवारजनले छात्र बृत्ति प्रदान गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो ।

संविधान सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटका नेता मनोहर नारयाण श्रेष्ठ र महाधिवेशन प्रतिनिधि उदय लिम्बुको समन्वयमा उक्त छात्रबृत्ति रकम प्राप्त भएको छात्रबृति बापतको छ÷छ महिनामा स्तानक तह सम्मको अध्ययन पुरा गर्नका लागी उक्त संस्थाबाट छात्रबृति प्राप्त हुने नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖