पाख्रिबासमा नगर स्तरिय खुल्ला गायन प्रतियोगिता तथा गजल सांझ हुने
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ४ मा रुपान्तरणका लागि हाम्रो अभियान, पाख्रिबासको आयोजनामा नगर स्तरिय खुल्ला गायन प्रतियोगिता तथा गजल सांझ हुने भएको छ । कार्यक्रम फागुन १४ का दिन पाख्रिबास बजारमा हुनेछ । नगरभित्रका जज्वल्यमान प्रतिभाहरुलाई मध्यनजर गरेर यसपटक एउटा पृथक अभ्यासको रुपमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
गायन प्रतियोगितामा सहभागीहरुले आफ्नो नाम, गीतको बोल सहित २०७८ फाल्गुन १२ भित्र दर्ता गराइसक्नु पर्नेछ साथै गीत नेपाली भाषाको जुनसुकै विधामा गाउन सकिने छ जनाइएको छ ।गीत गाउँदा ट्रयाक अनिवार्य गरिएको छ ट्रयाक प्रतियोगि स्वयमले लिएर आउनु पर्नेछ साथै गायन एकल हुनुपर्ने छ र आफ्नो गायन पांच मिनेट भित्र सक्नु पर्नेछ ।
गायन प्रतियोगीहरु पाख्रिबास नगरपालिकाको भुगोल भित्रको हुनुपर्ने र परिचय खुल्ने प्रमाण अनिवार्य लिएर आउनुपर्ने पनि आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमश: ५ हजार,३ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।
गायन प्रतियोगिताको लागि अतिथि निर्णायकहरुमा जेनिश राई ( Voice of Nepal top – 12) धरान,गंगा गौतम (लोक गायिका, इटहरी ),पूर्ण चाम्लिङ राई (गायक,आखिसल्ला) रहनेछन् भने गजल मेहफिलका अतिथि गजल स्रस्टाहरुमा
ईश्वर दाहाल (धनकुटा,पाख्रिबास १ ),सुमन स्मारिका (कैलाली), अनन्त अनुराग (धनकुटा – पाख्रिबास ८) रहनेछन् ।
वर्षाले अलैँची खेती गर्ने किसान हर्षित
फुङ्लिङ, २६ माघ (रासस) :ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् ।
जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् ।
जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउनुहुन्छ । अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताउनुभयो । मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैँची पूmल्न थालेको र लेकाली क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पु¥याएको किसानको भनाइ छ ।
यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि वर्षाले फाइदा पु¥याएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा नगदेबाली अलैँचीसहित फलपूmल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसान बताउँछन् ।
जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यहाँ चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।


