पाख्रिवासको विकास र समृद्धिको यात्रामा राजनीतिक पुर्वाग्रह राखेर भाझो हाल्ने काम नगरौं

वीरबल खड्का,धनकुटा । पाख्रिवासको राजनैतिक सन्तुलनको हिसाबले पहिलो शक्तिको रुममा रहेको एमाले पाख्रिबास हिजो भन्दा आज झन बलियो हुँदै गएपछि बिपक्ष दलहरुले आफ्नो राजनीतिक भविष्य नेतृत्व नदेखे पछि, जनलहर आफ्नो पक्षमा नभए पछि नेकपा एमालेलाई पटक पटक घेराबन्दी गर्ने प्रयास गरिरहेका थिए तसर्थ यस्ता जुन सुकै प्रकारका षड्यन्त्रहरुलाई परास्त गर्दै नेकपा एमाले अगाडि बढिरहेको छ ।

यसरी नै पाख्रिवासको विकास र समृद्धि बोकेको जनताको आशा र भरोसा गरेको नेता पार्टी राजनीतिक दल नेकपा एमाले नै हो त्यसैले नेकपा एमालेलाई कसैले कमजोर बनाउने हिसाबले गर्ने जुन सुकै किसिमका षड्यन्त्रलाई परास्त गर्नको लागि नेकपा एमाले जनताको तह बाट नै  तम्तयार रहेको छ।

विपक्षदलहरुले पाख्रिवासमा नेकपा एमालेलाई प्रहार गर्नको लागि स्थानीय सरकार माथि घेराबन्दी गर्दै आएका छन् । कहिले योजना विकासको नाममा नगरसभा तोड फोड देखि जनप्रतिनिधीहरुलाई आरोप प्रत्यारोप सम्मको काम गर्दै आएका धेरै उदाहरणहरु छन ।नेकपा एमाले पाख्रिवासको नेतृत्व रहेको स्थानीय सरकारलाई असफल बनाउने प्रयास गरेर आफ्नो गैर राजनीतिक क्रियाकलाप अगाडी बढाउदै आएका दलहरु पछिल्लो समयमा नगरपालिका केन्द्रीत भएका छन् तसर्थ स्थानीय सरकारका उपलब्धिहरु माथी प्रहार गर्दै आएका छन । अहिले पाख्रिवास एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार खेल मैदान बनाउने योजना बोकेर अगाडी बढ्दैछ तर विपक्ष दल एउटा भकुण्डो र जर्सीमा राजनीति गरेर खेलकुदको विकासको धम्की दिने सम्मको कु चेष्टा गरेर प्रहार गर्ने हुटीट्याउंले सागर थामेको सपना बांड्छ ।

स्थानिय सरकारले पाख्रिवासमा एक ऐतिहासिक प्रशासनिक भवन बनाउन सफल भएको छ । १० वटा वडामा आधारभुत माध्यमिक बिधालयहरुमा भवन देखि शैक्षिक गुणस्तर कायम गर्नको शैक्षिक प्रयोगशाला निर्माण गरेको छ । यस्तै खाने पानी नगरमा ९०%जनताको घर घरमा धारा पुर्याईएको छ थप व्यवस्थित गर्नको लागि १० वटा वडामा थप आयोजनाहरु सञ्चालनमा रहेका छन ।

यसै गरेर पाख्रिवास बजारको जनसंख्याको बढ्दो चापलाई मध्यनजर गर्दै ५० बर्ष पछिसम्म चल्ने गरि भुल्के राम्चे खानी पानीको बृहत् आयोजना करिब २८ करोडको लागतमा सञ्चालन भैरहेको छ । यसरी नै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै पाख्रिवासमा एम वि वि एस डाक्टर सहितको आधारभुत अस्पताल प्रसुति केन्द्र , १० वटै वडामा स्वास्थ्य चौकी खोलीएको छ ।

 

पर्यटन बिकासमा यसरी नै जौटार समुदायक बन, पाख्रिवास संसारी सिमसार क्षेत्र देखि मुगामा सिम सार डिकुरे माने डाडामा टावर पाख्रिवास राम्चे भ्यु टावर विभिन्न पदमार्गहरु निर्माण चरणमा रहेका र कति सम्पन्न समेत भएका छन । यसरीनै काठमाडौं महानगरपालिका सग भागेनी सम्बन्ध कायम गर्दै स्थानीय सस्कृति पहिचान झल्कने गरि एक होम स्टे समेत निर्माण गर्ने गरि जग्गा छनोट गर्ने सम्मको काम अगाडी बढाईएको छ।

यसरीनै सडकको बिषयमा पाख्रिवासका १० वटा वडा भित्रका गाउँ गाऊ सम्म सडक सञ्जाल पुर्याईएको छ । ट्याक्टर,टेम्पु र एम्बुलेन्स पुग्न सक्ने आवस्था रहेको छ यो पनि स्थानीय सरकारको उपलब्धिनै रहेको छ र सिंगो नगर भित्रका फुसको प्रयोग गरिएका घरहरुलाई हटाउदै टिन लागाएर फुस मुक्त बानाईएको छ।

पाख्रिबास स्थानीय सरकारले कृषिको आधुनिकिकरण गर्दे कृषकलाइ व्यवसायिक बनाउनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अनुदानमा आधारित कृषि मल विभिन्न खाधे तथा नगदे बालीको बिऊ बिजन उपकरणहरु बितरण गर्ने कृषकलाई विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । यसरी नै पाख्रिवासलाई कफी खेतीको पकेट क्षेत्र बनाउने उद्धेश्यले मुगा लगाएतका ठाऊमा बृहत कफी खेति सञ्चालन गरिदै आएको छ र यसबाट धेरै जनता लाभान्वित हुने छ । यसरी गरिएको कामलाई लिएर केही विपक्षहरुले केफी खेतीले पाख्रिवासका कृषकलाई दिर्घकालीन फाईदा हुने देखेर स्थानीय सरकारको सफल आयोजना भएको हुदा यसमाथी बिपक्षहरुले प्रहार गर्दै आएका छन ।

पछिल्लो समयमा एउटा विधि नीति समेत फलो नगरि नगरपालिका प्रती कपोकल्पित भ्रम पुर्ण समाचार छाप्ने नगर प्रमुखले पत्रकार मार्फत जानकरी गराई सकेका केही विषय बस्तुलाई लिएर बिषयान्तर गर्न र संवाद भएका तर्क बितर्कलाई अनुमति विना भिडियो बनाउने पोष्ट गर्ने सम्मका गतिविधि गर्दै आएका छन । यस्ता किसिमका बिकास बिरोधी गतिविधिलाई हरेक दृष्टिकोणबाट निश्तेज गर्नु पर्ने जनस्तरबाट नै आवश्यक भएको छ र अहिलेको विपक्ष दलहरुले स्थानीय सरकारका माथी गरिएका एक पछि अर्का प्रहारहरु राजनीतिक पुर्वाग्रह राखेर गरिएएका तथ्यहिन र नेतृत्व खुईलाउने र आफु सफल हुने एउटा कुचेष्टा मात्र हो भन्ने जनमानसमा बुझ्नु पर्ने छ र अहिल भएको यो अप्राकृतिक गठबन्धनको कडा प्रतिवाद गर्नु पर्ने पहिलो आवश्यकता भएको छ।
(लेखक नेकपा एमाले पाख्रिवास नगर कमिटी सचिवालय सदस्य समेत हुन् ।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।