धनकुटामा मोटर साइकलले ठक्कर दिंदा महालक्ष्मी २ की ५४ वर्षकी कटुवाल घाइते

धनकुटा । धनकुटामा एक पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिएको छ । बिहिवार साँझ धनकुटा ७ तमरभ्याली स्कूल नजिक को १६ प २०१७ नं को मोटर साईकलले धनकुटाको महालक्ष्मी नगरपालिका २ की ५४ वर्षकी खड्गमाया कटुवाललाई ठक्कर दिएको हो ।

चुलिवन तर्फ गईरहेको सो मोटरसाईकलले ठक्कर दिदा कटुवालको टाउकोमा चो ट लागेको थियो । मोटरसाईकलको ठक्करबाट घाईते हुनुभएकी कटुवाललाई उपचारका लागि विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँ अहिले उपचारको क्रममा रहनुभएको र अबस्था सामान्य रहेको डिएसपी कार्कीले बताउनुभयो । दूर्घटनाको बारेमा दुई पक्ष वीच समझदारी भईसकेको पनि उहाँले बताउनुभएको छ ।

शून्य लागतमा पशुधन बीमा
तनहुँ, २८ माघ रासस ःभेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बीमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम ब्यहोर्ने गरी पशुधनको बीमा गरिएको हो । पशु बीमाको प्रिमियमका लागि रु ४० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ ।

व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको रु दुई लाखसम्मको बीमा गरिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । पशुपालन गर्दा कतिपय अवस्थामा बस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष सङ्घीय सरकारबाट ७५ प्रतिशत र गण्डकी प्रदेश सरकारबाट २५ प्रतिशत बीमाका लागि सहयोग प्राप्त भएकोे थियो । गतवर्ष एक हजार पाँच सय एघार किसानले रु ४५ लाख बराबरको प्रिमियम लिएका थिए । कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो,“यस वर्षको साउनदेखि हालसम्म दुई सय किसानले पशु बीमा गराएका छन्, पछिल्लो समय बीमातर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।”

पशुपालक किसानमा बीमा गर्नुपर्छ भन्ने चेतना आएको छ । कुनै वर्ष किसानले पशुको बीमा नगर्दा विनियोजित बजेट पनि फ्रिज भएर फिर्ता भएको थियो । गतवर्ष स्रोह हजार ६२९ पशुको बीमा गराउँदा रु ४० करोड २० लाख बीमाङ्क रकम बराबरको पशुधन बीमा भएको थियो ।

यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको हो । मासु, अण्डा र दूधमा जिल्ला आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यातसमेत गर्न थालिसकेको बताइएको छ ।दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा साढे दुई रुपैयाँ अनुदान दिन थालिएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।