महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियान थालेको हो ।

महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७ का १० जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ, सहायक महिला विकास निरीक्षक गिता लुइटेल लगायतले बृद्धबृद्धाहरुलाई सिरक वितरण गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालले जाडोयाममा कठ्यांग्रिएर बस्न नपरोस् भनेर बृद्धबृद्धाहरुलाई सिरक वितरण गरिएको बताए । ‘सबै बृद्धबृद्धाहरुसँग जाडो छल्न न्यानो लुगाहरु नहुँन सक्छ, यस्तो अवस्थामा उहाँहरु कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण गर्न थालेका हौं,’ मेयर नेपालले भने, ‘७ नम्बर वडाबाट यो अभियान थालेका छौं, अब केही दिनभित्रै नगरक्षेत्रभरका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गछौं ।

महालक्ष्मी नगरक्षेत्रमा ८० बर्षमाथिका करिब ३५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ । उनीहरु सबैलाई सिरक वितरण गरिने नगर प्रमुख नेपालले जानकारी दिए । धेरै बृद्धबृद्धाहरु हिड्न नसक्ने भएकाले उनीहरुको अवस्था अनुसार घर–घरमै पुगेर वा वडा–वडामा परिवारका सदस्यलाई बोलाएर सिरक वितरण गर्ने तयारी गरिएको छ । सिरक वितरणका लागि वडा कार्यालयहरुमार्फत ८० बर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरिएको थियो । सो तथ्यांकका आधारमा सिरक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाले यसअघि पनि बृद्धबृद्धा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरले स्वास्थ्य शिविर सञ्चालन गरेर बृद्धबृद्धाहरुलाई निःशुल्क दाँत लगाइदिएको छ । उनीहरुलाई लौरो, हटव्याग वितरण गरिएको छ । त्यस्तै, बृद्धबृद्धाहरुको अनुभव संकलन गर्ने काम पनि गरिएको छ । बृद्धबृद्धाहरुलाई सम्मान र उचित स्याहार सुसारको खाँचो हुँने भएकाले उनीहरुको सम्मान स्वरुप र आवश्यकता अनुसार नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नगर प्रमुख नेपाल बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।