धनकुटामा पिकप दुर्घटना, एक घाईते
शर्मिला राई,धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ६ नमस्ते झर्ना नजिक आज साँझ पिकप दूर्घटना हुँदा एक जना घाईते भएका छन् ।
घाईते हुनेमा पिकपका सह-चालक मोरङ जिल्ला बिराटनगर १९ का वर्ष २० का अभिषेक सरदार रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
विराटनगरबाट धनकुटा तर्फ आईरहेको को २ च १६६६ नं को पिकप ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिदा दूर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते सरदारको स्थानिय मेडिकलमा उपचार भईरहेको डिएसपी कार्कीले बताउनुभयो । पिकपका चालक जिल्ला मोरङ्ग बिराटनगर १९ का वर्ष २७ का अरबिन सरदार ईलाका प्रहरी कार्यलय भेडेटारको नियनत्रणमा रहेकाछन् ।
दूर्घटनाग्रस्त पिकप सडक किनारमा साईड लगाएर राखेको प्रहरीले जनाएको छ ।


