जनप्रतिनीधि तथा कर्मचारीहरुलाई राजश्व सुधार अभिमूखिकरण प्रशिक्षण
नारायण कुमार राई/धनकुटा,२ फागुन । छथर जोरपाटी गाउँपालिका धनकुटाका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि अभिमूखिकरण प्रशिक्षण दिईएको छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको प्रदेश प्रशिक्षण केन्द्र, प्रदेश नं. १ को आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल धनकुटाको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिईएको हो ।
आयोजक संस्थाले आईतबार एक कार्याशाला गोष्ठीको आयोजना गरेर वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, गाउँपालिका अन्तरगतका शाखा प्रमुखहरुलाई प्रशिक्षण दिएको हो ।
वडा नं. १ का वडा अध्यक्ष श्री पुखमान आलेको अध्यक्षतामा सञ्चालन भएको उक्त गोष्ठीमा सहभागिहरुलाई आयोजक संस्थाका परामर्शदाता द्वय नुषराज श्रेष्ठ र केदार दाहालले सहजिकरणहरु गर्नुभएको थियो ।
कार्यशालामा दिगो स्रोत व्यवस्थापन सम्बन्धीका प्रावधानहरु र गाउँ पालिकाद्वारा जारी राजश्व सम्बन्धि ऐन, राजश्व सम्बन्धिका विभिन्न अभ्यासहरुका बिषयमा सूचना संकलन तथा समूहगत छलफल गरिएको थियो ।
कार्यशाला गोष्ठीले पालिकाको आगामी तीन वर्षको राजश्व सुधार कार्य योजना निर्माणका लागि आवश्यक सूचना संकलन गर्ने निर्णय भएको संस्थाका सहजकर्ता खिन्द्र अधिकारीले जानकारी दिनुभयो ।


