पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को फाइनल धनकुटामा हुने

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को फाइनल फागुन १४ मा हुने भएको छ ।

चौंथो चरणको छनौटबाट गायन तर्फ १६ जना र नृत्य तर्फबाट १८ जनाले अन्तिम प्रतिष्पर्धा गर्नेछन् ।

कार्यक्रम धनकुटाको सामुदायिक भवनमा बिहानको ११ बजे सुरु हुने संयोजक सुमन योगीले बताउनु भयो । फाइनल कार्यक्रमको निर्णायकहरुमा बिनु शाक्य र अशोक मुकारुंग रहने छन् । यस अघि गायक प्रमोद खरेल आउने भनिएपनि कोरोनाका कारण पटक पटक कार्यक्रमको मिति बढाउंदै लानु परेकोले निर्धारित मितिमा कार्य ब्यस्तताले वहां आउन नसक्नु भएको आयोजकले जनाएको छ ।

दुबै बिधाका बिजेतालाई २ लाख बराबरको स्कुटी साथै गीत रिकार्डिंग र म्यूजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिनेछ ।

जुम्लाका जनप्रतिनिधिको पाँच वर्ष : आठै पालिकाका सबै वडा सडक सन्जालमा जाेडिए
दिलमाया शाही/जुम्ला, २ फागुन ।जुम्लाका जनप्रतिनिधिले पाँच वर्षे कार्यावधि सडक निर्माणमै बिताएका छन् । याे अवधिमा यहाँका आठ स्थानीय तहका सबै ६० वडामा सडक पुगेकाे छ । तर, निर्वाचनअघि कृषिमा आधुनिककरण, पर्यटकीय क्षेत्रकाे विकास, शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने घाेषाणा गरे पनि सबैजसाे जनप्रतिनिधले बजेटकाे अिधकांश हिस्सा सडक निर्माणमा खनाएका छन् ।

सदरमुकाम खलंगासहित कर्णाली राजमार्गले छोएका केही गाउँठाउँ राष्ट्रिय सडक सञ्जालमा २०६३ सालमै जोडिएका थिए । तर, बाँकी गाउँबस्ती भने सडक सञ्जालमा जोडिएका थिएनन् । यही कारण सडक विकासपछि मात्रै अन्य विकासको ढोका खुल्ने भन्दै जनप्रतिनिधिले पहिलो वर्षदेखि नै सडकसहितको पूर्वाधार विकासलाई प्रथामिकतामा राखेकाे बताएका छन् ।

तातोपानी गाउँपालिकाले चार वर्षमा करिब ७३ किलोमिटर सडक निर्माण गरेको छ । पालिकामा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नम्वर ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नम्वर २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर सडक निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुड्थापाका अनुसार भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नम्वर ७ मा ७ दशमलव २८ किलोमिटर, वडा नम्वर ८ मा ९ दशमलव ६७ किलोमिटर सडक निर्माण भएको छ । वडा नम्वर १ राँका बाइराँकामा ९ दशमलव २१ किलोमिटर, वडा नम्वर ३ लिताकोटमा ६ दशमलव ९१ किलोमिटर, वडा नंं. ५ मा ९ दशमलव ५७ किलोमिटर र वडा नंं. ६ मा ७ दशमलव ७ किलोमिटर गरी जम्मा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको छ । उनले भने-पालिकाको विकट क्षेत्र भनेको भेरीखोला हो । ८ नम्वर वडाको थलाले गाउँबाहेक अन्य गाउँमा सडक पहुँच पुगेकाे छ । चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा पनि बाटो निर्माण गरिने छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने- पालिकाको लगानीमा पक्की पुल निर्माण भने सम्भव भएन । हामीले आधारभूत विकास गरिरहेका छौँ ।पुल निर्माणका लागि सङ्घ प्रदेशमा धाइरहेका छौँ । ढिलो चाँडो गाउँगाउँमा गाडी पुग्छ । गाउँगाउँमा सडक पुगे गतिला सडक नबन्दा अझै पनि यहाँका कृषि उत्पादन बजारसम्म पुग्न नसकेकाे स्थानीय लोकबहादुर दमाईको गुनासो छ ।

हिमा गाउँपालिकाले करिब ५७ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । हिमा गाउँपालिकाका सातै वडाका साढे तीन दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने-पालिकाका सबै बस्तीमा सडक पुगे पनि नियमित गाडी गुड्न भने बाँकी छ । हिमा पालिकाका प्राविधिक प्रवेश देवकोटाले भने चार वर्षमा निर्माण भएको करिब ५७ किलाेमिटर सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसीसी भइरहेको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताए । उनले भने-पालिकाका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर कार्यकालभरमा गाउँमा गाडी पुर्‍याउने लक्ष्य राखेका छौँ ।

तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ मा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट बस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन । तिला गाउँपालिका वडा नम्बर १ रारालिहिस्थित तिला नदीमाथि पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् । वडा नम्बर ९ मालापानीका स्थानीय मानबहादुर बुढाले भने- स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न अझै कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ ।

सडक बने पनि सवारीसाधन नचल्दा यहाँका बासिन्दा खच्चर र भरियाकै भरमा छन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ । गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन् ।

यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि नै भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पुर्‍याएको हो । करिब पाँच करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ । यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की पुल निर्माण गर्ने तयारी गरेकाे छ । दुई वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ । तिलागाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि ठानेका छौँ । सडकले गर्दा दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ । यो पालिकाको उपलब्धि हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖