धनकुटाको पाख्रिबासमा आ’गोले ज’लेर महिलाको मृ’त्यु

धनकुटा, फागुन ०२ । धनकुटाको पाख्रिवास नगरपालिका-९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आ’गोले ज’लेर मृ’त्यु भएको छ ।

आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आ’गो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आ’गो सल्कदा मगरको घटनास्थलमा नै मृ’त्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भासिएको पुल पुनःनिर्माण गरिएन
जनकपुर, २ फागुन (रासस) ः निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । तराई–मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो ।

भासिएको पुल पुनःनिर्माण नहुँदाँ निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् । “ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुनसकेको छैन्”, धनुषाको कमला नगरपालिका–५ का सत्रुधन साहले भन्नुभयो, “पुलको पुनः निर्माणको काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेका छैनन्, दुईपाङ्ग्रे सवारी पनि जोखिमपूर्ण रुपमा चलिरहेका छन् ।”

सुख्खायाममा जेनतेन दुईपाङ्ग्रे सवारी साधन चल्ने गरे पनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको उहाँको भनाइ छ । बाढीका कारण पहिला पूर्वतर्फको स्पर भासिएको थियो । त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो । “भासिएकामध्ये पुर्वतर्फको स्पर कामै नलाग्ने अवस्था छ”, सिरहा नगरपालिका– ११ का कमलेश यादवले भन्नुभयो, “जसका कारण मोटरसाइकललाई समेत पुलबाट वारपार गर्न ठूलै समस्या भइरहेको छ ।” सर्वसाधारणले ठूलै सास्ती भोग्दै आए पनि भासिएको पुल पुनःनिर्माणमा ठेकेदार कम्पनीले ध्यान नदिएको उहाँको गुनासो छ ।

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरूमा पप्पुले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिक्दा लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो । पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । हस्तान्तर नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् ।

केही दिनअघि कमला जलाधार संरक्षण अभियानले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र बुझाउँदै उच्चस्तरीय छानबिन गर्न मागसमेत गरेको थियो । गलत डिजाइनकै कारण पुल भासिएको पूर्वमन्त्री रामचन्द्र झाले बताउनुभयो ।

हुलाकी सडकअन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्् । पुल निर्माण कार्य सुरु भएको एक वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

सम्झौताअनुसार नै काम अघि बढाइएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साईड इञ्चार्ज दानालाल यादवले बताउनुभयो । “सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौं”, साइड इञ्चार्ज यादवले भन्नुभयो,“ बर्षात सुरु भएपछि काम रोकिएको हो, बर्षा रोकिएपछि कात्तिकपछि काम पुनः सुरु गर्ने छौं ।” खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖