पाख्रिबासमा गजल तथा नगर स्तरिय गायन प्रतियोगिता

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ४ मा रुपान्तरणका लागि हाम्रो अभियान,पाख्रीबास धनकुटाको आयोजना तथा पाख्रीबास नगरपालिकाको सह आयोजनामा फागुन १४ मा गजल सांझ तथा नगर स्तरिय खुल्ला गायन प्रतियोगिता हुने भएको छ ।

नगरभित्रका जज्वल्यमान प्रतिभाहरुलाई मध्यनजर गरेर यसपटक एउटा पृथक अभ्यासको रुपमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

गायन प्रतियोगितामा सहभागीहरुले आफ्नो नाम, गीतको बोल सहित २०७८ फाल्गुन १२ भित्र दर्ता गराइसक्नु पर्नेछ साथै गीत नेपाली भाषाको जुनसुकै विधामा गाउन सकिने जनाइएको छ ।

गायन प्रतियोगीहरु पाख्रिबास नगरपालिकाको भुगोल भित्रको हुनुपर्ने र परिचय खुल्ने प्रमाण अनिवार्य लिएर आउनुपर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमश: ५ हजार,३ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।

गायन प्रतियोगिताको लागि अतिथि निर्णायकहरुमा जेनिश राई ( Voice of Nepal top – 12) धरान,गंगा गौतम (लोक गायिका, इटहरी ),पूर्ण चाम्लिङ राई (गायक,आखिसल्ला) रहनेछन् भने गजल मेहफिलका अतिथि गजल स्रस्टाहरुमा
ईश्वर दाहाल (धनकुटा,पाख्रिबास १ ),सुमन स्मारिका (कैलाली), अनन्त अनुराग (धनकुटा – पाख्रिबास ८) रहनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।