धनकुटामा एमसीसीको बिषयमा अनेरास्ववियू क्रान्तिकारीले गर्यो सडक जनमत संग्रह

धनकुटा,११ फागुन । बहु चर्चित अमेरीकी सहयोग परियोजना एमसीसी यथास्थितीमा संसद बाट पास गर्ने कि नगर्ने भनेर धनकुटामा सडक जनमत संग्रह गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी प्रदेश न १ को आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी धनकुटाको संयोजनमा आज धनकुटाका चुवाको बोटमा नमुना जनमत संग्रह कार्यक्रम गरिएको छ ।

सडक जनमत संग्रहमा २ सय ८८ जनाले मत खसालेकोमा यथास्थितीमा पास गर्नु हुदैन भन्ने पक्षमा २ सय ७२, यथास्थितीमा पास गर्दा हुन्छ भन्ने पक्षमा ११ मत र ५ मत बदर भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी नेता इन्द्रबहादुर विष्टले जानकारी दिनु भयो । जनमत संग्रहमा नागरिक समाज, बुद्धिजीवी, संचारकर्मि, प्राध्यापक, राजनीतिक दलका नेता सामाजसेबि, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको जनाईएको छ । -तस्बिर सौजन्य इन्द्रबहादुर विष्टको फेसबुक बाट

कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन
काठमाडौँ, ११ फागुन (रासस) ःप्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हँुदैछ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।