धनकुटा जिल्ला भरिनै भोली विद्युत सेवा अवरुद्ध हुने
धनकुटा । भोलि शनिबारको दिन जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
प्राधिकरणको धरान वितरण शाखाले दुहबी-धरान ३३ केभी फिडरको नजिकमा रहेको रुखको हॉंगा काट्नेबुश कटिंग कार्य तथा लाइनको जम्पर,पिन इन्सुलेटर,डिस्क इन्सुलेर चेकजांच र बदली कार्य गर्ने भएकोले जिल्ला भरिनै बिहान ८ बजेबाट बेलुका ५ बजेसम्म बिद्युत अवरुद्द हुने प्राधिकरणद्वारा जारी सूचनामा जनाएको छ ।

धनकुटा सिनेमा हल आजबाट संचालनमा
धनकुटा,१३ फागुन । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसका संक्रमणका कारण बन्द रहेको धनकुटा सिनेमा हल आजबाट संचालनमा आएको छ ।
कोरोना महामारी पछि लामो समय सम्म बन्द रहेको सिनेमा हल आज बाट संचालनक पूर्णकुमार चौधरीले जानकारी दिनु भयो । चलचित्र म यस्तो गीत गाऊछु २ लगाएर हल संचालक गरिने चौधरीले बताउनु भयो ।
कुनै समय धनकुटा मात्र नभई पूर्व पहाडी जिल्लाका दर्शक समेत सिनेमा हेर्न यो हलमा आउने गरेकोमा पछिल्लो समय भने दर्शकको संख्या घट्दै गएको संचालक चौधरीको भनाई छ ।यो सिनेमा हल धनकुटाकै पुरानो सिनेमाहलको रुपमा समेत चिनिन्छ ।


