धनकुटामा पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को फाइनल जारी,कस्ले मार्ला बाजी ?
धनकुटा,१४ फागुन । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को फाइनल अडिसन जारी रहेको छ ।
धनकुटा सदरमुकामको सामुदायिक भवनमा गायन तर्फको फाइनल अडिसन भई रहेको हो । चौंथो चरणको छनौटबाट गायन तर्फ १६ जना र नृत्य तर्फबाट १८ जनाले अन्तिम प्रतिष्पर्धा गर्दै छन् । कार्यक्रमको उत्घाटन संविधान सभा सदस्य अन्जना ताम्लीले गर्नु भएको छ ।
दुबै बिधाका बिजेतालाई २ लाख बराबरको स्कुटी साथै गीत रिकार्डिंग र म्यूजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिनेछ ।


