नेपाल शिक्षक संघ पाख्रीवासको अध्यक्षमा धमला चयन
धनकुटा । नेपाल शिक्षक संघ पाख्रीवासको अध्यक्षमा राजेन्द्र धमला चयन हुनु भएको छ । शनिवार सम्पन्न अधिवेशनले संघको महिला उपाध्यक्ष दिपकला तामाङ,उपाध्यक्ष खुल्ला योगेन्द्र तिम्सिना,सचिव हर्क वहादुर मगर ,सचिव अर्थ सुमन श्रेष्ठ,सहसचिव हेम कुमार धमला,सहसचिव महिला दुर्गा अधिकारी,सहसचिव अर्थ लोक वहादुर थापा,सहसचिव समावेशी सोमराज तामाग,खुल्ला सहसचिव झमक वहादुर कार्कीलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा ललिता ताम्ली,चन्द्रकला धमला,सर्मिला राई,प्रदिप थपा,बिनुता राई बाबुराम थापा र चिरञ्जिवि आर्चायलाई चयन गरेको केन्द्रिय प्रतिनिधि दिपेन्द्र राईले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री सुनिल वहादु थापाले शिक्षहरु उज्यालोको प्रतिक भएको वताउनु भयो । उहाले बैज्ञानि र व्यावसायीक शिक्षामा सवैले जोड दिनु पर्ने उल्लेख गर्नुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ का १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाली कांग्रेस जिल्ला सचिवद्धय विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग,निलम थापा ,अम्विका धमला,पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी ,सचिव सन्तोष मानन्धर लगायतले समय अनुकुल शिक्षा नीति परिर्वतन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन शिक्षक दिपेन्द्र राईले गर्नु भएको थियो ।


