धनकुटामा बन्दको यस्तो प्रभाव

धनकुटा,१६ फागुन । प्रतिनिधीसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको बिरोधमा ६ कम्यूनिष्ट पाटी र त्यसका संगठन सहति २ मोचाले आज सोमबार गरेको नेपाल बन्दको प्रभाव धनकुटा भएर पहाडी जिल्ला जाने र तराई झर्ने सार्वजनिक सवारी र माल वहाक सवारी साधनमा देखिएको छ ।

धनकुटा हुदै तराई झर्ने र पहाडी जिल्ला जाने सार्वनिक सवारीमा बन्दको प्रभाव भए पनि निजी सवारी साधन मोटर साईकल लगायत संचालनमा रहेको र बजार पसल तथा विद्यालयहरु संचालनमा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरिक्षक सुरज कार्किले जानकारी दिनुभयो ।

यसरी रुपान्तरित हुंदै चन्द्रगिरी
काठमाडौँ, १६ फागुन । तपार्इँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपार्इँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपार्इँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ ।

यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस÷जिआइएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ । यो काम सम्पन्न भइसकेपछि नगरवासीले ‘अनलाइन’ सेवा उपयोग गर्न पाउने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “जिपिएस÷जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन् ।”

यसरी बन्दैछ नगर ‘प्रोफाइल’

नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ । १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ । ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ ।

अब हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्नेछन् । नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भन्नुभयो, “नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन् । ट्याबमार्फत सूचना सङ्कलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ । गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ ।” उहाँका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन् । एक महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ ।

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन् । यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ । घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुने छन् ।

नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ । सोही घर नम्बरका आधारमा जिपिएस ट्र्याक गरिने योजना नगरपालिकाले बनाएको छ । टोल टोलमा डिजिटल बोर्ड रहने छन् । यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ । अनलाइनमार्फत सेवा प्रवाह हुनेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ ।

अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त ? भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भन्नुभयो, “नगरवासीका सबै वितरण डिजिटाइज हुनेछन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ ।”

नगर प्रमुख गिरीले भन्नुभयो, “सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जिपिएस÷जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार हुन्छ । यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्नैछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्टसिटी’ बनाउने काममा लागेका छौँ ।”

नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उहाँको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

स्वदेशी सीप र ज्ञान

‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टिमले सहयोग गरिराखेका छ । सो टिममा डा केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी हुनुहुन्छ । प्राविधिक कुँवरले भन्नुभयो, “यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ । यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्याङ्क सङ्कलन हुनेछ । नगरपालिकालाई भावि योजना बनाउन महत्वपूर्ण सहयोग पु¥यााउँछ । नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ ।”

उहाँका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ । गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ । “नगरवासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौँ । नगरवासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौँ ।” सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भन्नुभयो । काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।