धनकुटामा समेत शिवरात्रीको अवसरमा पूजा–आराधना
धनकुटा,१७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाईने गरिन्छ यस अवसरमा धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयहरुम समेत भक्तजनको भिड लागेको छ ।
शिवको आरधना हुने यस दिन विहानै देखि धनकुटाको मुलघाट, धर्मगंगा, नर्वदेश्वर, शिव पार्क लगायतका स्थानमा रहेका शिव मन्दिरहरुमा विहानै देखि भतmजनहरुले पुजा आजा गरेका छन् ।
हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।


